धादिङ, फागुन १२ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङकी पत्नी दीपा तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङको उपाध्यक्षमा चयन भएकी छिन् ।राप्रपा धादिङका अध्यक्ष ध्रुव खनालले कार्यसमिति सदस्यहरूबाट पदाधिकार मनोनयन गर्ने विधान अनुसार तामाङमा उपाध्यक्षमा चयन भएकी हुन्। कुलमानलाई नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारले प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो ।
कुलमानको नियुक्ति रोक्न ठूलो चलखेल हुँदाहुँदै प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले माघको दोस्रो साता १८ जना मनोनीत गर्दै ४७ जनाको जिल्ला कमिटी बनाएको थियो ।
राप्रपा धादिङले जिल्ला अधिबेशनमा निर्वाचित २९ जना र विधान अनुरुप मनोनित १८ जना गरी ४७ जनाको जिल्ला कमिटी बनाएको छ ।राप्रपा धादिङको गत कात्तिकमा सम्पन्न अधिवेशनबाट ध्रुब खनाल अध्यक्षसहित ३१ जना निर्वाचित भएका थिए ।