मुख्य सामग्रीमा जानुहोस्
Friday, 13 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

ओलीले प्रचण्डसँग भने, एमसीसी राष्ट्रघाती भए मैले किन अघि बढाउँथे ?

Himali Patrika 1 मिनेट पढाइ

१२ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मा राष्ट्रघाती कुरा केही पनि नभएको बताएका छन् ।

बिहीबार संसद भवन सिंहदरबारमा नेकपा माओवादी केन्द्रका नेताहरुसँग भएको छलफलमा एमाले अध्यक्ष ओलीले आफूहरुले एमसीसीलाई अहिलेसम्म कहिल्यै राष्ट्रघाती नभनेको बताए ।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको अवरोध खोलेर छलफलको वातावरण बनाउन एमाले अध्यक्ष ओलीसँग आग्रह गरेका थिए । तर एमाले अध्यक्ष ओलीले पहिले आफूहरुले कारबाही गरेका १४ जना सांसदहरुलाई प्रतिनिधिसभामा सहभागी नहुने वातावरण बनाउनुपर्ने शर्त राखे ।

‘पहिले हामीले कारबाही गरेका १४ जना सांसदलाई प्रतिनिधिसभामा सहभागी नगराउने वातावरण बनाउनुस्,’ ओलीको भनाइ उधृत गर्दै एक नेताले भने, ‘त्यसपछि हामीले प्रतिनिधिसभाको अवरोध खोल्छौं, अनि एमसीसीबारे छलफल गरौंला ।’

माओवादी केन्द्रका नेताहरुले भने एमसीसी राष्ट्रियताको मुद्दासँग जोडिएको हुनाले पहिले त्यसलाई असफल पार्न आग्रह गरेका थिए । ‘हामीले संसदबाट एमसीसी फेल भएपछि अरु बृहत्तर छलफल गरौँला भनेका थियौं,’ छलफलमा सहभागी माओवादी केन्द्रका एक नेताले भने, ‘उहाँले मैले एमसीसीलाई कहिले राष्ट्रघाती भनेको छु र भन्नुभयो । कुरा बुझ्दा एमाले र कांग्रेस निकै अघि बढेकोजस्तो देखियो ।’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।