‘फरार’ पल शाहको मोबाइल अन्तिमपटक बालकुमारीमा अन देखियो

‘फरार’ पल शाहको मोबाइल अन्तिमपटक बालकुमारीमा अन देखियो

नाबालिग बलात्कार आरोपमा उजुरी परेपछि प्रहरीले अभिनेता पल शाहलाई खोजिरहेको छ। गत बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय तनहुँमा पलविरुद्ध जाहेरी परेको हो। त्यही दिनदेखि प्रहरीले उनलाई पक्रन खोजिरहेको भए पनि अहिलेसम्म फेला परेका छैनन्।

प्रहरीमा जाहेरी दर्ता भएका दिन बुधबार साँझ काठमाडौंको ​ कीर्तिपुरमा उनी अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर शो थियो। तर उनी त्यहाँ गएनन्। त्यही दिनदेखि उनी हराए।

देशभर सर्कुलर जारी गरेर प्रहरीले उनको खोजी तीव्र पारेको छ। बिहीबार बिहान अभिनेता पलले फेसबुकमा केही अडिओ सार्वजनिक गर्दै आफूलाई फसाइएको दाबी गरेर स्टाटस लेखेका थिए।

Europass CV in Nepal

तर उनको मोबाइल अफ छ। प्रहरीका अनुसार उनको मोबाइल अन्तिमपटक बुधबार राति साढे १० बजे बालकुमारीमा अन देखिएको छ। प्रहरीले मोबाइल ट्रेस गर्दै बालकुमारी पुग्यो तर त्यहाँ उनी भेटिएनन्। खोजी जारी रहेको प्रहरीले जनाएको छ।

पक्राउ गर्न सबै प्रहरी युनिटलाई सर्कुल

अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रहरी युनिटलाई आन्तरिक सर्कुलर गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी परेसँगै प्रहरी प्रधान कार्यालयले शाहलाई पक्राउ गर्न आन्तरिक सर्कुलर जारी गरेको हो।

‘जाहेरी दर्तापछि उहाँलाई खोज्न सबै प्रहरी कार्यालयहरूलाई निर्देशन गइसकेको छ, हाम्रा सबै संयन्त्रले खोजी गरिरहेको अवस्था छ,’ केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले सेतोपाटीसँग भने।

बुधबार एक नाबालिकाले शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी तनहुँ प्रहरीमा दिएकी थिइन्। शाह काठमाडौं उपत्यकाबाहिर नरहेको सुरक्षा संयन्त्रको बुझाइ छ।

‘सूचना पाइसकेपछि एक्लृ लुकेर बसेको अवस्था छ, हाम्रो संयन्त्रले छिट्टै पक्राउ गर्छ,’ केसीले भने। शाहलाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर भक्तपुर, उपत्यकाका सबै वृत्तहरू सक्रिय छन्।

परिसर र महाशाखाबाट विशेष टोलीले शाहको खोजीमा रहेको बताइएको छ। अपराध महाशाखाका एक अधिकृतका अनुसार तनहुँ प्रहरीले शाहको खोजीका लागि लिखित/मौखिक दुबै अनुरोध पठाएको छ। ‘विशेष टोली खटिएको छ। अहिले फेला पार्न सकेको अवस्था छैन,’ उनले भने।

Europass CV in Nepal