फेरी एउटा जनयुद्ध लड्नैपर्ने भयो: प्रचण्ड

फेरी एउटा जनयुद्ध लड्नैपर्ने भयो: प्रचण्ड

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन टुट्न नदिन आफूहरु गम्भिरताका साथ लागि परेको बताएका छन्। अध्यक्ष दाहालले एमसीसीकै कारण सत्तारुढ गठबन्धन टुट्ने खतरामा रहेको निष्कर्ष निकाल्दै त्यसलाई जोगाउने र एमसीसी समस्या समाधानका लागि आफूहरुले विभिन्न उपायहरुको खोजी गम्भितारपूर्वक गरिरहेको बताएका हुन्।

सहीद दिलबहादुर रम्तेलको स्मृति दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका निम्ति कमस खाएर बनेको सत्तारुढ गठबन्धन टुटाएर कुनै पनि खालको प्रतिगमनकारी गठबन्धन हावी हुने अवस्था नआओस् भनेर आफूहरुले सक्दो प्रयास गरिरहेको पनि बताए।

एमसीसी परियोजना यथास्थितिमा पारित हुन नदिने विषयमा आफूहरुले सुरुदेखि नै प्रष्ट धारणा राख्दै आएको भन्दै अध्यक्ष दाहालले त्यसैलाई उपयोग गरेर प्रतिगमनकारी शक्तिहरुले सत्तारुढ गठबन्धन टुटाउने प्रयास गरिरहेको दावी गरे। अध्यक्ष दाहालले संविधान, लोकतन्त्र र सबै उत्पीडित वर्ग, समूदायको अधिकार खोस्ने षडयन्त्र भईरहेको उल्लेख गर्दै फेरी एउटा जनयुद्ध लडनुपर्ने अवस्था आएको बताए।

Europass CV in Nepal

अध्यक्ष दाहालले अहिले पनि आफ्नो पार्टीले संविधान, लोकतन्त्र, संघीयता र उत्पीडित जनताको अधिकारको रक्षाका लागि रक्तपातहीन युद्ध जारी राखेको बताए। उनले उत्पीडित वर्ग, समुदायको हितको रक्षा गर्न राज्य सक्षम नभएसम्म शान्तिपूर्ण संघर्षका कार्यक्रमहरुलाई निरन्तरता दिने पनि बताए।

Europass CV in Nepal