देश बचाउन युक्रेनकी महिला सांसद उत्रिन हतियार बोकेर लडाइमा

देश बचाउन युक्रेनकी महिला सांसद उत्रिन हतियार बोकेर लडाइमा

अहिले युक्रेन र रुसबीच लडाइँ चलिरहेको छ। आफ्नो देशमाथि आक्रमण भएपछि युक्रेनका धेरै नागरिक र नेताले हतियार उठाइरहेका छन्। यसैबीच युक्रेनकी ३६ वर्षीया महिला सांसद किरा रुडिकले हतियार बोकेको तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

सांसद किरा रुडिक अमेजन अनलाइन सपिङ प्लेटफर्मको कम्पनी रिंगकी पूर्व चिफ अपरेटिङ अफिसर समेत हुन्। रिंगले स्मार्ट घर र घरको सुरक्षा बढाउन सहयोग गर्ने उत्पादनहरू तयार गर्छ। सामाजिक सञ्जालमा हतियार बोकेको तस्विर पोस्ट गर्दै किराले आफूले हतियार चलाउन जानेको उल्लेख गरेकी छिन्। ‘‘युक्रेनका पुरुषहरु जसरी नै हामी महिलाहरू पनि देशको रक्षा गर्नका लागि पछि हट्नेछैनौं,’ उनले ट्वीटरमा लेखेकी छिन्।

रुसी सेना युक्रेनको राजधानी किभमा पुगेको छ। यसबीच युक्रेनका राष्ट्रपति भोलोदिमेर जेलेनेस्की आफैं पनि सेनालाई निर्देशन दिन अघि सरेका छन्। पूर्व राष्ट्रपति पेड्रो पोरोसेन्को सेनाको एउटा बटालियन नै लिएर सडकमा ओर्लिएका छन्।

Europass CV in Nepal

शुक्रबार राति राष्ट्रपति जेलेनेस्कीले देशवासीका नाममा भिडियो सन्देश जारी गरेका थिए। ‘हामी किभमा छौं । युक्रेनको रक्षा गरेरै छाड्छौं,’ उनले भनेका थिए, ‘मेरो परिवार युक्रेनमै छ। मेरा बच्चाहरू गद्दा होइनन्। उनीहरू युक्रेनका नागरिक हुन्। हामीलाई मिलेको जानकारी अनुसार दुश्मन ९रुस० को पहिलो निशानामा छ र दोस्रो निशानामा मेरो परिवार छ।’

जर्मनीले युक्रेनका लागि नीति परिवर्तन गर्‍यो, हतियार र मिसाइल पठाउने

युक्रेन हमलाको तेस्रो दिन रुसले युक्रेनमाथिको आक्रमण तीव्र बनाएको छ । यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले विभिन्न देशबाट समर्थन जुटाइरहेका छन्।सोही समयमा जर्मनीले युक्रेन सम्बन्धित नीतिमा ठूलो परिवर्तन गरेको छ । जर्मनीले युक्रेनलाई हतियार पठाउने भएको जर्मन चान्सलर ओलाफ शुल्ट्जले बताए।

उनले जर्मनीले युक्रेनलाई १ हजार ट्याङ्क विरोधी हतियार र ५ सय वटा सतहबाट हावामा प्रहार गर्न सक्ने क्षेप्यास्त्र पठाउने बताए । जर्मनीले युक्रेनमा रूसको आक्रमणको निन्दा गरेको छ। यस प्रक्रियामा द्वन्द्व वा युद्ध क्षेत्रहरूमा हतियारको निर्यातमा प्रतिबन्ध लगाउने आफ्नो पुरानो नीति परिवर्तन गरेको छ। युक्रेनका राष्ट्रपतिले जर्मनीको यो कदमको प्रशंसा गरेका छन् ।

योसँगै जर्मनीको यातायात मन्त्रीले रुसी एयरलाइन्सलाई आफ्नो हवाई क्षेत्रमा रोक्ने बताएकी छन् । इस्टोनिया, पोल्याण्ड, बुल्गेरिया र चेक रिपब्लिकले पनि रुसवीरूद्ध यस्तै प्रतिबन्ध लगाएका छन्। युक्रेनलाई धेरै देशले सहयोग गरिरहेका छन्। आक्रमणको तेस्रो दिन, युक्रेनले पश्चिमी देशहरूबाट हतियारसम्बन्धी सहयोगको आश्वासन पाएको छ।

अमेरिकी विदेश मन्त्रालयले युक्रेनलाई जेभलिन एन्टी ट्याङ्क मिसाइल, एन्टि-एयरक्राफ्ट सिस्टम सहित ३५० मिलियन डलर बराबरको हतियार पठाउने बताएको छ ।जर्मनीले युक्रेनलाई हजारौं एन्टिट्याङ्की हतियार र ५०० सतहबाट हावामा हान्न सक्ने मिसाइल पठाउनेछ। नेदरल्याण्डले युक्रेनलाई ५० वटा ट्याङ्क विरोधी हतियार र ४०० रकेट दिनेछ । नेटोले पूर्वी युरोपमा थप सेना तैनाथ गर्न थालिसकेको छ। बीबीसीबाट

Europass CV in Nepal