मुख्य सामग्रीमा जानुहोस्
Saturday, 12 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

अमेरिकाबाट जहाज चढेर नेपाल आइपुगे सात वटा साँढे

Himali Patrika 1 मिनेट पढाइ

१५ फागुन, काठमाडौं । अमेरिकाको सिकोगोबाट प्लेन चढाएर ल्याइएको सात वटा साँढे तीन दिनको हवाई यात्रा पछि शुक्रबार काठमाडौं आइपुगेका छन् । गाइको नस्ल सुधार तथा दूध विकासका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खरिद गरेको सात वटा साँढे नेपाल आइपुगेका हुन् ।

२३ फेब्रेअरी अर्थात ११ फागुनमा अमेरिकाको सिकागोबाट हिंडाइएको उक्त साँढेहरु कतारको राजधानी दोहा, भारतको राजधानी नयाँ दिल्ली विमानस्थल हुँदै तीन दिनको जहाज यात्रामा काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको मन्त्रालय अन्र्तगतको नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाले जनाएको छ । भारतको नयाँ दिल्लीसम्म कतार एयरवेजमा ल्याइएका साँढेहरु त्यहाँबाट भने नेपाल आएरलाइन्सको जाहज चढेका थिए ।

नेपाल ल्याइएका साँढेहरु मध्ये दुई वटा शतप्रतिशत शुद्ध होलस्टन जातका हुन् भने पाँच वटा शतप्रतिशत शुद्ध जर्सी जातको भएको आयोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत डा. केशव भट्टले जानकारी दिए । शुक्रबार आइपुगेको साँढेहरु अहिले काठमाडौंमै आइसोलेसनमा राखिएको र केही दिनमा पोखरामा रहेको वीर्य उत्पादन केन्द्रमा पठाइने छ ।

‘कृत्रिम गर्भाधनमार्फत नस्ल सुधार र दूध उत्पादन बढाउन १७० वर्षपछि यो स्केलमा पहिलो पटक शतप्रतिशत शुद्ध साँढेहरु नेपाल ल्याएका छौं, यो राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा लगेर नस्ल सुधारमा प्रयोग गरिने छ,’ भट्टले अनलाइनखबरसँग भने । जंगबहादुरले १९०७ मा ल्याएपछि पहिलो पटक अमेरिकाबाट साँढे ल्याइएको आयोजनाको दाबी छ ।

नेपाल ल्याइका मध्ये दुइ वटा साँढे शुद्ध होलस्टन र पाँच वटा जर्सीका साँढे हुन् । १० देखि १२ महिना उमेरका यी साँढेहरुको कुल तौल दुई हजार तीन सय किलो छ । साँढेहरु नेपाल ल्याउन मिट ग्रुम नामक सप्लायर्सले ठेक्का पाएको थियो । सिकागोदेखि पोखरासम्म पुर्‍याउन कुल एक करोड ३० लाखमा सप्लायर्सले ठेक्का पाएको आयोजनाले जनाएको छ ।

दूधका लागि किसानले व्यवसायिक रुपमा पालेको गाइमा उन्नत जातको नस्ल सुधार गर्न यी साँढेहरु ल्याइएको भट्टले बताए । ‘राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखरामा यी साँढेमार्फत संकलन हुने वीर्य स्थानीय नेपाली गाईलाई क्रस गराउँदा ५० प्रतिशतसम्म गुण सर्छ, यसले हाम्रो गाईहरुको दुग्ध उत्पादन क्षमता बढ्छ,’ अनुगमन तथा मूल्यांकन अधिकृत डा. भट्टले भने । १८ देखि २१ महिनाका हुँदा वयस्क हुने यी साँढेबाट उत्पादन हुने वीर्य नस्ल सुधारका लागि उच्च कोटीको हुने राष्ट्रिय पशु प्रजनन कार्यालयले जनाएको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।