मुख्य सामग्रीमा जानुहोस्
Saturday, 26 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

हामीले गरेको व्याख्यात्मक घोषणा अमेरिकाले मान्नुपर्छ : गगन थापा

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अमेरिकी सहयोग परियोजना एमसीसीमा संसदले गर्ने व्याख्यात्मक घोषणा अमेरिकाले मान्नुपर्ने बताएका छन् ।आइतबार एमसीसी सम्झौतामाथि प्रतिनिधिसभामा भएको छलफलमा उनले एमसीसी पारित गर्दा व्याख्यात्मक टिप्पणी पनि सँगै हुने भन्दै सम्झौताको अर्को पक्षले ती टिप्पणीहरु पनि मान्नुपर्ने बताएका हुन् ।

छलफलमा भाग लिँदै नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, माओवादी केन्द्रका देव गुरुङ, राप्रपाका राजेन्द्रलिङ्देन लगायतका सांसदले व्याख्यात्मक टिप्पणी सांसदलाई झुक्याउने खेल भन्दै अमेरिकाले त्यसलाई मान्छ भनी प्रश्न गरेका थिए ।

एमसीसी छलफलमा भाग लिँदै कांग्रेस सांसद थापाले व्याख्यात्मक टिप्पणी अमेरिकाले नमाने सम्झौता अघि नबढ्ने बताए । ‘त्यो (व्याख्यात्मक टिप्पणी) समेत राखेर हामी दफाबार छलफल गर्छौं । त्यो अमेरिकाले मान्छ कि मानदैन ? नमाने सन्धि अगाडि बढ्दैन’ उनले भने, ‘पारित गरेको व्याख्यात्मक घोषणा पनि सम्झौता सँगसँगै जान्छ । …उसले चित्त बुझाएपछि मात्र, ठीक छ भन्ने लागेपछि मा सन्धि अगाडि जाने हो ।’

संसदले एमसीसी सम्झौताबारे व्याख्यात्मक टिप्पणी गर्दा सांसदहरु हिनतावोधले ग्रस्त हुनु नपर्ने पनि थापाले बताए । अब एमसीसीबारे सडकका जनतालाई विश्वस्त पार्ने दायित्व सबै नेताहरुको भएको उनको भनाइ छ ।

आज कालो दिन हो, संघर्षलाई जारी राखौँ : नारायणकाजी श्रेष्ठ

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी पारित भएको दिनलाई कालो दिनका रूपमा व्याख्या गरेका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठले व्याख्यात्मक घोषणाका नाममा राष्ट्रघाती सम्झौता संसद्बाट पारित गरिएको बताएका हुन् ।

उनले नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राख्न आह्वानसमेत गरेका छन् ।  उनले भनेका छन्, “अन्तत: व्याख्यात्कम घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराई छाडे । आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रूपमा लिनेछन् । सम्पूर्ण देशभक्त शक्तिहरू एकतावद्ध होऔँ र नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौँ ।”

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।