प्रचण्डले नारायणकाजीको नामै लिएर भनेः आफ्नो बाटोमा लाग्न मन लागे कसैले रोक्दैन

प्रचण्डले नारायणकाजीको नामै लिएर भनेः आफ्नो बाटोमा लाग्न मन लागे कसैले रोक्दैन

काठमाडौं  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायणकाजी श्रेष्ठले एमसीसी सदनबाट अनुमोदन भएकोमा सार्वजनिक रुपमा असन्तुष्टि पोखेकोमा आक्रोश व्यक्त गरेका छन् । आज खुमलटारमा पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नमा उनले बाहिर नबोल्ने भन्दा भन्दै बोल्दै हिंडेको भन्दै श्रेष्ठको आलोचना गरे ।

‘नारायणकाजी कमरेडेलाई सबै कार्यकर्ता यतै आउलान् सबै जनता यतै आउलान् भन्ने लाग्यो होला,’ प्रचण्डले भने,‘आफ्नो बाटोमा लाग्न मन लाग्यो होला, कसैले रोक्न सक्दैन ।’ उनले एमसीसी व्याख्यात्मक विश्लेषणसहित अनुमोदन भएकाले ठिक भन्दै पार्टीभित्र विरोध गर्नेहरुले आफ्नो बाटो लाग्न सक्ने बताए ।

विगतमा महाकाली सन्धी गर्दा विरोध गरेका बामदेव गौतमको उदाहरण दिदै भने,‘महाकाली सन्धीको विरोधमा आधा केन्द्रीय सदस्य लिएर जानुभयो बामदेवजी तर चुनावमा सुन्य, कुनै सिट जित्न सक्नुभएन ।’ सेन्टिमेन्टमा आएर मात्र नहुने भन्दै उनले एमसीसी अनुमोदनको आफ्नो निर्णयको बचाऊ गरिरहे ।

Europass CV in Nepal

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एमसीसी अगाडि बढाउन खोजेको तर हुबहु मात्र भनेपछि अस्वीकार गरेको जिकिर गरे । उनले अहिले चाहिं व्याख्यात्मक विश्लेषणसहित पास गरेको सुनाए ।

नेकपा छँदा ९ जना सचिवालयमध्ये ७ जना पास गर्न नहुने पक्षमा र २ जना पास गर्नुपर्ने पक्षमा भएको खुलासा गरे । ओलीले सभामुख र १४ सांसद हटाउन खोजेपछि आफू एमसीसी पारित गरेर अगाडि बढ्न अवस्थामा आएको बताए । उनले भने,‘धेरै चीज उल्टने खतरा देख्यौं, उपाय खोज्नुपर्छ भनेर संसदबाट अगाडि बढ्यौं ।’

प्रचण्डले गठबन्धन तोडेर शान्ति सम्झौतालाई दुर्घटनामा पार्न खोजिएको बताए । आफूले सही ढंगले अवस्थालाई सम्हालेर दुर्घटना जोगाएको बताए ।

 

Europass CV in Nepal