युक्रेनमाथि रुसी हमलाबारे आपतकालीन बैठकको पक्षमा नेपाल

युक्रेनमाथि रुसी हमलाबारे आपतकालीन बैठकको पक्षमा नेपाल

काठमाडौँ ।  युक्रेनमाथि रुसले गरेको आक्रमणको विषयलाई लिएर नेपालले संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्‍मा आपतकालीन बैठक गर्ने पक्षमा मतदान गरेको छ । स्वीट्जरल्यान्डको जेनेभमा सोमबार भएको बैठकमा तत्काल बैठक बोलाउनु पर्ने पक्षमा नेपालसहित २९ राष्ट्रले पक्षमा मतदान गरेका थिए । जबकि चीनसहित ५ देशले मतदानको प्रस्तावको विपक्षमा थिए । तर भारतसहित १३ देशले मतदानमा भाग लिएका छैनन् ।

रुसको आक्रमणबारे छलफल गर्न राष्ट्रसंघमा परिषदको आपतकालीन छलफल हुने भएको हो । जसमा अर्जेन्टिना, बेनिन, बोलिभिया, ब्राजिल, आइभोरीकोस्ट, फिनल्यान्ड, फ्रान्स, जर्मनी, गाम्बिया, होन्डुरस, इन्डोनेसिया, जापान, लिथुवानिया, लिबिया, लक्जेम्बर्ग, मवाली, मलेसिया, मार्सल आइल्यान्ड, मेक्सिको, मोन्टिनेग्रो, नेदरल्यान्ड्स, पाराग्वे, पोल्यान्ड, कतार, दक्षिण कोरिया, बेलायत, अमेरिका र युक्रेन रहेका छन् ।

त्यसैगरी विपक्षमा चीन, क्युबा, इरिस्ट्रिया, रुस र भेनेजुएलाले मतदान गरेका थिए । अर्मेनिया, क्यामरुन, ग्याबोन, भारत, काजखस्तान, मोरिटानिया, नामिबिया, पाकिस्तान, सेनेगल, सोमालिया, सुडान, संयुक्त अरब इमिरेट्स, उज्बेकिस्तानले भने मतदान गरेनन् ।

Europass CV in Nepal

संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषदको ४९ औं सत्र सोमबारबाट सुरु भएको छ । बैठकमा रुसको निन्दा गर्दै आपतकालीन बैठकको पक्षमा निर्णय गरियो । जसमा ४७ सदस्य रहेका छन् । नेपालले युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोध गर्दै गत साता विज्ञप्ति समेत निकालेको थियो । नेपालले युक्रेनको सार्वभौतिकता र भौगोलिक अखण्डमाथि गरिने आक्रमणको विरोध गर्ने जनाएको छ । भारत र चीन भने रुसले गरेको आक्रमणको विषयमा राष्ट्र संघका अन्य फोरमहरुमा समेत तटस्थ भूमिका खेल्दै आएका छन् ।

Europass CV in Nepal