मुख्य सामग्रीमा जानुहोस्
Saturday, 26 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

एकता केन्द्र व्युँताउने तयारीमा लागेको चर्चा : विप्लवले नारायणकाजीसामू भने, ‘पार्टी एकता गरौँ’

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसमक्ष (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एकताका लागि प्रस्ताव राखेका छन् ।

बुधबार बिहान श्रेष्ठ निवास हात्तिवनमा पुगेका विप्लवले श्रेष्ठलाई पार्टी एकताको प्रस्ताव राखेको बुझिएको छ । माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्ट रहेका नेता श्रेष्ठ पूर्व एकता केन्द्र व्युँताउने तयारीमा लागेको चर्चा छ ।

एमसीसीको बिपक्षमा रहेको माओवादी केन्द्र अध्यक्ष ‘प्रचण्ड’ले पार्टीको निर्णय बिपरित पास गर्न भूमिका खेलेको भन्दै श्रेष्ठ असन्तुष्ट बनेका छन् । प्रचण्डले एमसीसी पास भएलगत्तै टिप्पणी गर्दै पार्टी फुटाएर जानसक्ने भन्दै अभिव्यक्ति दिएका थिए । त्यसपछि ‘प्रचण्ड’प्रति श्रेष्ठ झनै चिँडिएका छन् ।

त्यसपछि प्रचण्ड श्रेष्ठलाई फकाउन हात्तिवनसमेत पुगेका थिए । यद्यपि उनीहरु सहमतिमा पुगेका छैनन् । ‘विप्लव’ नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले एमसीसी खारेज गरिनुपर्ने भन्दै बिज्ञप्ति नै निकालेर सडक आन्दोलन गरिरहेको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।