आन्तरिक रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

आन्तरिक रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

काठमाडौँ ।  मुलुकमा एक स्थानबाट अर्को स्थानमा रेमिट्यान्स कम्पनी तथा उक्त कम्पनीका सव एजेन्टहरुले आन्तरिक रेमिट्यान्स स्थानान्तरणको सीमा घटेको छ । अब प्रत्येक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपैयाँ मात्र स्थानान्तरण गर्न पाइने भएको छ । यो व्यवस्था बैंकिङ प्रणालीमार्फत हुने रकम स्थानान्तरणका लागि भने होइन । यसअघि यस्तो सीमा प्रतिव्यक्ति प्रतिदिन एक लाख रुपैयाँ थियो ।

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत आन्तरिक रेमिट्यान्सको सीमा घटाउने घोषणा गरेको थियो । अहिले उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

Europass CV in Nepal

Europass CV in Nepal