मुख्य सामग्रीमा जानुहोस्
Monday, 7 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

एमसीसीकाे व्याख्यात्मक घाेषणा जनतामाथि भ्रम छर्ने काम : शंकर पाेखरेल

Himali Patrika 1 मिनेट पढाइ

कैलाली।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकी सहयाेग एमसीसीबारेकाे व्याख्यात्मक घोषणा जनतामाथि छरिएको भ्रम भएको बताउनुभएकाे छ । प्रेस चौतारी कैलालीले आज बिहीवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले कानुन र संविधानले मान्यतासमेत नदिएको विषयले जनतामाथि भ्रम मात्रै छरेकाे बताउनुभएकाे हाे ।

‘व्याख्यात्मक घोषणा सरकारको लाज जोगाउने प्रयास मात्रै हो । जे छ त्यही कुरा स्पष्ट पारिएको हो, संशोधन गरिएको होइन । कार्यकर्ताहरूलाई भ्रम सिर्जना सृजना गरिएको छ’, उहाँले भन्नुभयाे, ‘हाम्रो संविधान र कानुनले त्याे व्याख्यालाई कानुनी हैसियत प्रदान गर्दैन ।’ कुनै पनि विषयमा संशोधन नहुने गरी हुबहु पारित गरिएको भन्दै पाेखरेलले व्याख्यात्मक घोषणाको कुनै अर्थ नरहेको बताउनुभयाे ।

यस्तै उहाँले सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप लगाउनुभयाे । ‘सरकारको बिजनेस सभामुखले रोक्न मिल्दैन भन्ने हाम्रो अडान थियो, त्यो पूरा भएको छ’, पाेखरेलले भन्नुभयाे, ‘टेबल गर्नुपरे आत्महत्या गर्छु भन्नु भएको थियो, अहिले राजनीतिक पूर्वाग्रही भएको पुष्टि भएको छ ।’

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।