ङ : एमसीसी पास गर्दा सभामुख र माधवसहित १४ सांसदको पद बच्यो : प्रचण्ड

ङ : एमसीसी पास गर्दा सभामुख र माधवसहित १४ सांसदको पद बच्यो  : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय कमिटी बैठकमा समसामयिक विषयमा ब्रिफिङ गरेका छन् । शुक्रबार राष्ट्रियसभा गृहमा बसेको बैठकमा प्रचण्डले एमसीसी पास गर्नुको औचित्व पुष्टि गर्दै पास नभएको भए सभामुख, माधवकुमार नेपालसहित १४ पद धरापमा पर्ने बताएका छन् ।

“एमसीसी पास गर्दा सभामुख र माधवसहितका १४ को पद बच्यो । गठबन्धन पनि जोगियो,” प्रचण्डले ब्रिफिङमा भनेका छन्, “एमाले र कांग्रेसको गठबन्धन बन्न लागेको थियो, त्यो भत्कियो ।”उनले एमसीसी सत्ता गठबन्धनबाटै पास हुँदा गठबन्धन चुनावमासमेत कायम हुने अवस्था निर्माण भएको बताए ।

माओवादीमा एमसीसीबारे तीन नेताले बुझाए लिखित फरक मत

Europass CV in Nepal

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का तीनजना नेताहरूले एमसीसीका विषयमा लिखित रूपमा फरक मत राखेका छन् । नेताहरू कृष्णबहादुर महरा, देव गुरुङ र लिलामणि पोखरेलले एमसीसीबारे फरक मत पेस गरेका हुन् । आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा तीन नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फरक मत बुझाएका छन् ।

एक नेताकाअनुसार फरक मतमा एमसीसीमा आफूहरूको असहमति रहेको तर पार्टीको निर्णय मानेर जाने उल्लेख छ । फागुन १५ गते व्याख्यात्मक घोषणा गरेर जाने निर्णयमा पनि यी नेताहरूको असहमति राखेका थिए ।

त्यस्तै नेता नारायणकाजी श्रेष्ठले पनि फरक मत राखेका छन् । आजको केन्द्रीय कमिटी बैठकमा उनले एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै आफ्नो धाराणा सुनाएका छन् । उनले लिखित मत बुझाउने जानकारी पनि गराएका छन् । आजको बैठकमा अध्यक्ष ‘प्रचण्ड’ले एमसीसीका सन्दर्भमा धाराणा राखेका थिए ।

Europass CV in Nepal