मुख्य सामग्रीमा जानुहोस्
Saturday, 17 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । बलात्कार मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका अभिनेता पल शाह थप १२ दिन हिरासतमा रहने भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले उनलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँको अनुमति लिएको छ ।

म्याद थपका लागि प्रहरीले आइतबार उनलाई जिल्ला अदालत लगेको थियो । प्रहरी स्रोतका अनुसार अनुसन्धान नसकिएका कारण थप १२ दिन हिरासतमा राख्न अनुमति लिइएको हो । ११ फागुनमा एक बालिकाले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।

त्यसपछि १५ फागुनमा उनी आफैं प्रहरीसमक्ष पुगेका थिए । अनुसन्धानका लागि पहिले पाँच दिन थुनामा राख्न अनुमति लिएको प्रहरीले अनुसन्धान नसकिएपछि पुनः १२ दिन म्याद लिएको हो ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।