बयानका लागि पल शाहलाई गैंडाकोट पुर्‍याइयो

बयानका लागि पल शाहलाई गैंडाकोट पुर्‍याइयो

पूर्वी नवलपरासी । किशोरीलाई बलात्कार गरेको अभियोगमा अनुसन्धान गर्न अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा ल्याइएको छ । किशोरीले आफूलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गराएको २ सातापछि तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार प्रहरी कार्यालय गैंडाकोटमा ल्याएको प्रहरीले जानकारी दिएको छ ।

बुधबार जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाइने गिरीले जानकारी दिए । फागुन १६ गते गैंडाकोट प्रहरीमा मुद्दा दर्ता गराएकी ती किशोरीको त्यही दिन भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको थियो ।

जिल्ला प्रहरीका सूचना अधिकारी दिलिप गिरीले बलात्कारको मुद्दामा अनुसन्धान गर्न शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा राखेर अनुसन्धान सुरु गरेको जानकारी दिए । तनहुँमा पनि उनै किशोरीले शाहले बलात्कार गरेको भन्दै दुई साताअघि मुद्दा दर्ता गरेको विषयमा अनुसन्धान गर्न शाहलाई प्रहरीले हिरासतमा राखेर गरेको अनुसन्धान पूरा भएको छ ।

Europass CV in Nepal

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले तनहुँ प्रहरीलाई गत आइतबार पत्र पठाउँदै पल शाहविरुद्ध बलात्कारको उजुरी गैंडाकोट प्रहरीमा परेकाले यहाँ पनि उनका बारेमा अनुसन्धान गर्न परेकाले पठाइदिनु भन्दै पत्राचार गरेको थियो ।

प्रहरीका अनुसार ती किशोरीले एउटा गीतको छायांकनको क्रममा गत चैत ७ गते गैंडाकोटको एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा दुई साताअघि किटानी जाहेरी दिएकी थिइन् ।

गत चैत ७ गते बलात्कार गरेको आरोपपत्रमा उल्लेख भएका कारण आगामी चैतको ६ गतेभित्र अदालतमा मुद्दा दर्ता गरिसक्नु पर्ने जिल्ला प्रहरी कार्यालयलाई बाध्यता छ । गैंडाकोटमा दुई साताअघि दर्ता गराएको निवेदन अनुसार एकै दिनमा सकिने छायांकनको काम दुई दिन लगाएर गैंडाकोटको होटलमा रक्सी खुवाएर आफूलाई बलात्कार गरेको आरोप किशोरीले लगाएकी छन् ।

त्यतिबेला इलाका प्रहरी कार्यालय गैंडाकोटमा मुद्दा दर्ता गराउन पीडित किशोरी, उनका बाबु र वकिल आएका थिए । शाहविरुद्ध तनहुँ र नवलपरासी प्रहरीमा बलात्कारको अभियोग लगाएर मुद्दा दर्ता गराउने किशोरी एउटै भएको प्रहरीको भनाइ छ ।

Europass CV in Nepal