मानिसलाई गाउँमै बसुँबसुँ बनाउनुपर्छ : पाैडेल

मानिसलाई गाउँमै बसुँबसुँ बनाउनुपर्छ : पाैडेल

तनहुँ ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै रोजगारी र आम्दानी सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको छ । व्यास नगरपालिकाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज मङ्गलवार आयोजना गरेको महिला हाफ म्याराथनको व्यास नगरपालिका–११ तनहुँसुरमा समापन गर्दै उहाँले गाउँमै रोजगारी सिर्जना गरेर मानिसलाई गाउँमै बसुँबसुँ बनाउनुपर्ने बताउनुभयो । वरिष्ठ नेता पौडेलले रोजगारी र सेवा, सुविधाको खोजीमा सहर झरेकालाई अब गाउँमै फर्काउनुपर्नेमा जोड दिनुभयो ।

पर्यटनको विकास गरेर गाउँमै रोजगारी सिर्जना गर्नुपर्छ, गाउँबाट भागेका मनलाई फेरि गाउँमै फर्काउनुपर्छ, त्यसका लागि स्थानीय तहले योजनाबद्ध कार्यक्रम ल्याउन आवश्यक छ’, उहाँले भन्नुभयो, ‘आज डाँडा–डाँडामा विकास पुगेको छ, डाँडाको दिन फर्किन थालेको छ, राना भनेको जनजाति हुन्, अब जनजातिका पनि दिन फर्किन्छन् ।’

वरिष्ठ नेता पौडेलले तनहुँसुर ऐतिहासिक ठाउँ रहेकाले यसको विकास गर्नुपर्ने बताउँदै कुनै जमानामा चहलपहल रहेको तनहुँसुर बिस्तारै ओझेलमा परे पनि विकासको क्रमले फेरि यो ठाउँ चहलपहल हुने दिशामा अगाडि बढेको छ भन्नुभयो । ‘तनहुँसुर ऐतिहासिक ठाउँ हो, शहीदको गाउँ पनि हो, तनहुँसुरको ऐतिहासिक झल्काउने गरी यहाँ आउने वातावरण सिर्जना गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

Europass CV in Nepal

कार्यक्रममा वरिष्ठ नेता पौडेलले महिला हाफ म्याराथनका विजेतालाई पुरस्कार वितरण गर्नुभयो । प्रतियोगितामा कान्छीमाया कोजु प्रथम, रेखा बम विष्ट द्वितीय र नम्रता गुरुङ तृतीय हुनुभएको छ । उहाँहरूले क्रमशः रु ४१ हजार ७८, ३१ हजार ७८ र २१ हजार ७८ रुपैयाँ नगद प्राप्त गर्नुभएको छ ।

खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धनका लागि म्याराथन आयोजना गरिएको व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।

Europass CV in Nepal