उद्योगी महेश जाजु विवादास्पद अभिव्यक्ति, ‘सुपारी आयात खुला गर्दा नेपाललाई नै फाइदा हुन्छ’

उद्योगी महेश जाजु विवादास्पद अभिव्यक्ति, ‘सुपारी आयात खुला गर्दा नेपाललाई नै फाइदा हुन्छ’

विराटनगर । विराटनगरका उद्योगी महेश जाजुले सुपारी आयात खुला गर्दा नेपाललाई नै फाइदा हुने विवादास्पद अभिव्यक्ति दिएका छन् ।

पछिल्लो समय सरकारले २५ हजार टन सुपारी आयातको लाइसेन्स खुला गर्ने तयारी गरेपछि जाजुले आयात गर्दा राज्यलाई फाइदा हुने बताएका हुन् । २५ हजार टन सुपारी र मरिच आयात खुला गर्दा सरकारलाई चार सय करोड फाइदा हुने उनले तर्क गरे ।

जाजु प्रदेश १ का नाम चलेका उद्योगी हुन् । उनी चाउचाउ, बिस्कुटलगायत एक दर्जन उद्योग सञ्चालन गर्छन् । आफूले पनि आयात गर्ने प्रयास गर्दा गत वर्ष नसकेको बताउँदै उनले भने, ‘व्यवसायीले जेमा फाइदा देख्छन्, त्यही व्यापार गर्छन् ।’

Europass CV in Nepal

कोटामा आयात भएको सुपारी भारततर्फ निर्यात हुने उनको संकेत छ । ‘३०-४० वर्ष पहिले नेपालमा एक करोड जनसंख्या हुँदा चीनबाट ९ करोड छाता आएको थियो,’ उनले भने, ‘त्यो कुरा भारतको संसदमा पनि उठ्यो, त्यो छाता कहाँ गयो हामीलाई थाहा भएकै कुरा हो । भारतसँग खुला सीमा छ ।’

मोरङ व्यापार संघले आयोजना गरेको कार्यक्रममा उनले दिएको विवादास्पद अभिव्यक्तिको सम्पादित अंश :

भारतको सीमावर्ती बजारमा गएर नेपाली जनताले दैनिक पाँच करोड किनमेल गर्छन् । चिनी महँगो छ । मोटरसाइकलमा मात्रै होइन, गाडी चढ्ने मान्छेले पनि जोगबनीबाट चिनी बोकर ल्याउँछन् । विराटनगर र जोगवनीमा चिनीको मूल्य ३० रुपैयाँ फरक पर्छ । चिनीको आयातमा सरकारले ४० प्रतिशत ड्युटी फि लगाएको छ । चीनीको खपत ३ लाख टन छ । सवा लाख टन उत्पादन छ । आन्तरिक आम्दानीले चार महिना धान्न सक्छ । ८ महिना आयातको भरमा बस्नुपर्छ भने ४० प्रतिशत महशुल किन चाहियो ? चिनीले गर्दा बिस्कुट उद्योगहरु मरेका छन् ।

आज नेपालमा वाषिर्क ३० हजारदेखि ३५ हजार करोडसम्मको सामान भारतीय बजारबाट आउँछ । त्यसमा हामीले ध्यान दिएका छैनौं । तर यहाँ चाहिं सुपारी र मरिच कुरा उठ्छ । यो भन्दा अघि सरकारले सुपारी र मरिच आयातको लाइसेन्स दिएको थिएन ? व्यापार त धेरै भएको थियो नि ! गत वर्ष ८ हजार टनको कोटा थियो । अरु वर्ष पनि आएको थियो । त्यो बेला केही नबोल्ने अहिले आएर सुपारीको कुरा गर्ने ?

आज नेपालमा सुपारीको खपत छ । सुपारीको खपत गुट्का उद्योगमा छ । स्वीट सुपारी बन्छ । पानमा पनि सुपारीको ठूलो खपत छ । न्यूनतम ७०-८० टनको खपत छ ।

सरकारले २५ हजार टनको लाइसेन्स दिएको छ । २५ हजार टनमा सरकारले जम्मा ५ करोड डलर मात्रै खर्च गर्नुपर्छ अर्थात नेपाली ६ सय करोड रुपैयाँ । ६ सय करोडमा सरकारलाई २ सय ५० करोड त रेभिन्यू मात्रै आउँछ । त्यो डाइरेक्ट हो । १ सय ५० करोड इन-डाइरेक्ट रुपमा सरकारलाई भ्यालु एड गरेर आउँछ ।

२५ हजार टनमा ४ सय करोड सरकारलाई नै आउँछ । ६ सय करोडको आयात गर्दा ४ सय करोड राजस्व आउँछ भने त्यो काम गर्ने कि नगर्ने ?

मैले गत वर्ष प्रयास गर्दा पाइनँ । म पनि व्यावसायी हुँ । आज सुपारीको वकालत गरेको भन्नुहुन्छ होला तर होइन । व्यावसायीले जहाँ फाइदा हुन्छ त्यहाँ लगानी गर्छ । कमसेकम यी -सुपारी र मरिच) को आयातलाई खुला गर्नुपर्छ । यसले ट्रेड ब्यालेन्स गर्ने काम गर्छ । कसरी भएको छ आफैं बुझ्न सक्नुहुन्छ ।

भारतसँगको सीमा खुला छन् । जसको कारण तस्करी हुन्छ त्यो आफ्नो ठाउँमा छ । आज भन्दा ३०-४० वर्ष पहिले नेपालमा एक करोड जनसंख्या हुँदा चीनबाट ९ करोड छाता आएको थियो । त्यो कुरा भारतको संसदमा पनि उठ्यो । त्यो छाता कहाँ गयो हामीलाई थाहा भएकै कुरा हो ।

 

Europass CV in Nepal