मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

ज्ञानेन्द्र शाहलाई देउवाको आग्रह- ‘व्यवस्थाविरुद्ध नलाग्नुस्, शासन गर्ने भए चुनाव लडेर आउनु’

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने भए चुनाव लडेर आउन आह्वान गरेका छन्। गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार बिहान शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गणतन्त्रलाई खलल पुर्‍याउने कसैलाई छुट नभएको धारणा राखे।

‘शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ,’ ज्ञानेन्द्रको पछिल्लो समयको गतिविधितिर इंगित गर्दै देउवाले भने, ‘शासन व्यवस्थाविरुद्ध नलाग्नुस्, गणतन्त्रलाई खलल पुर्‍याउने काम गर्न कसैलाई छुट छैन।’उनले पछिल्लो समयमा गणतन्त्रविरुद्ध मानिसहरू सल्बलाइरहेको उल्लेख गरे।

देउवाले संविधानमा त्रुटि भए सच्याएर अगाडि बढाउन सकिने धारणा राखे। उनले जनता नै यो देशको मालिक भएको स्पष्ट पारे। ‘जनताभन्दा ठूलो शक्ति केही छैन। जनता नै यो देशको मालिक हो,’ देउवाले भने, ‘प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, पार्टीहरूका विकल्प पार्टी।’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।