ज्ञानेन्द्र शाहलाई देउवाको आग्रह- ‘व्यवस्थाविरुद्ध नलाग्नुस्, शासन गर्ने भए चुनाव लडेर आउनु’

ज्ञानेन्द्र शाहलाई देउवाको आग्रह- ‘व्यवस्थाविरुद्ध नलाग्नुस्, शासन गर्ने भए चुनाव लडेर आउनु’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने भए चुनाव लडेर आउन आह्वान गरेका छन्। गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार बिहान शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गणतन्त्रलाई खलल पुर्‍याउने कसैलाई छुट नभएको धारणा राखे।

‘शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ,’ ज्ञानेन्द्रको पछिल्लो समयको गतिविधितिर इंगित गर्दै देउवाले भने, ‘शासन व्यवस्थाविरुद्ध नलाग्नुस्, गणतन्त्रलाई खलल पुर्‍याउने काम गर्न कसैलाई छुट छैन।’उनले पछिल्लो समयमा गणतन्त्रविरुद्ध मानिसहरू सल्बलाइरहेको उल्लेख गरे।

देउवाले संविधानमा त्रुटि भए सच्याएर अगाडि बढाउन सकिने धारणा राखे। उनले जनता नै यो देशको मालिक भएको स्पष्ट पारे। ‘जनताभन्दा ठूलो शक्ति केही छैन। जनता नै यो देशको मालिक हो,’ देउवाले भने, ‘प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, पार्टीहरूका विकल्प पार्टी।’

Europass CV in Nepal

Europass CV in Nepal