डान्स बारमा अश्लीलता प्रदर्शन गर्न नपाइने, ३० दिनसम्म सीसी टीभी फुटेज राख्नुपर्ने

डान्स बारमा अश्लीलता प्रदर्शन गर्न नपाइने, ३० दिनसम्म सीसी टीभी फुटेज राख्नुपर्ने

काठमाडौं । सरकारले होटल, रेष्टुराँ, डान्सबार, क्लबलगायतका रात्रिकालीन व्यवसायमा सञ्चालका लागि मापदण्ड बनाएको छ । गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणीन्द्रमणि पोखरेल नेतृत्वको कार्यदलले दिएको सुझाव अनुसार सरकारले मापदण्ड तयार बनाएर रात्रिकालीन व्यवसायलाई रातभर खुला राख्न दिने निर्णय गरेको छ ।

मापदण्डमा डान्सबार तथा नृत्य प्रस्तुत हुने स्थानमा अश्लिलता प्रदर्शन हुने गरी नाँच्न नपाइने भनिएको छ । ‘नृत्य प्रदर्शन गर्ने कलाकारहरुले सीपमूलक नृत्य प्रदर्शन गर्नुपर्ने छ’ मापदण्डमा भनिएको छ, ‘आन्तरिक तथा बाह्य पर्यटनलाई टेवा पुग्ने सेवाग्राहीको रुपमा सेवा लिन आउने सबै पाहुनलाई स्वस्थ मनोरञ्जन प्रदान गर्नुपर्नेछ ।’

कानुन अनुसार इजाजत प्राप्त गरेर मात्र मनोरञ्जन प्रदान गरेर आर्थिक वृद्धिमा टेवा पुर्‍याउने गरी व्यवसाय सञ्चालन गर्नुपर्ने भनिएको छ । रात्रिकालीन व्यवसायमा काम गर्ने कामदारलाई पद अनुसार पोशाक, रातिको खाना र घरसम्म पुग्ने यातायातको सुविधा पनि उपलब्ध गराउनुपर्ने भनिएको छ ।

Europass CV in Nepal

‘सेवा लिइसकेपछि व्यवसाय स्थलबाट आफ्नो घरसम्म पुर्‍याइदिन ग्राहकले अनुरोध गरे सम्बन्धित व्यवसायीले स-शुल्क सवारीसाधनको व्यवस्था गर्नुपर्नेछ’ मापदण्डमा भनिएको छ, ‘आन्तरिक सुरक्षाका लागि व्यवसायीले पोशाक र परिचय-पत्र साथमा सुरक्षागार्डलाई राख्नुपर्नेछ ।’

पर्यटन, होटल, रष्टुरेन्ट तथा मनोरञ्जनात्मक क्षेत्रमा बालश्रमिकको प्रयोग गर्न नपाइने पनि भनिएको छ । साथै, १८ वर्ष उमेर नपुगेका बालबालिकालाई डान्स, रेष्टुरेन्ट, बार, लाइभ ब्याण्ड, लाउन्ज बार, पवबार, क्लब, डिस्को जस्ता व्यवसायमा ग्राहकको रुपमा प्रवेश गर्न पनि निषेध गर्नुपर्ने भनिएको छ ।

‘सबै वयवसायीहरुले आफ्नो व्यवसायको निर्धारित मूल्य सूची विपरीत अनावश्यक रुपमा बिलिङ गरी ग्राहकलाई गैरकानुनी रुपमा दुःख दिन पाइने छैन’ मापदण्डमा भनिएको छ ।

मापदण्ड अनुसार अब सुरक्षाका लागि सीसी टीभीबाट निगरानी गर्नुपर्ने भनिएको छ । साथै, कम्तिमा ३० दिनको रेकर्ड रहने गरी फुटेज राख्नुपर्ने भनिएको छ ।

‘व्यवसायीले अनिवार्यरुपमा साउन्ड कन्ट्रोल सिस्टम जडान गरेर ध्वनी प्रदुषण हुन नदिने व्यवस्था गर्नुपर्ने छ’ मापदण्डमा भनिएको छ, ‘आफ्नो व्यवसायको परिसरभित्र तथा आगमन र प्रस्थान हुँदा नजिकको क्षेत्रसम्म बत्तीको व्यवस्था गर्नुपर्नेछ ।’

Europass CV in Nepal