मुख्य सामग्रीमा जानुहोस्
Sunday, 25 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

एमालेबाट चुनाव लड्नसक्ने राजेश हमाल, काठमाडौंको मेयरका आकांक्षी

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं, २६ फागुन । अभिनेता राजेश हमाल नेकपा एमालेमा प्रवेश गर्ने सम्भावना रहेको छ । उनलाई एमालेमा ल्याउन उक्त दलका नेताहरुले छलफल बढाएका छन् ।हमालले राजनीतिमा आउने चाहना गरिरहेका छन् । उनले युट्युब च्यानलमार्फत् काठमाडौंको मेयर बन्ने इच्छा देखाएका छन् । मेयरको उम्मेदवारको इच्छा देखाएका हमालको एमालेसँग यसबारे छलफल चलेको हो ।

नेपाली चलचित्र क्षेत्रका महानायक भनिने गरिएका हमाललाई एमाले भित्राउन अध्यक्ष केपी शर्मा ओलीसम्म कुरा पुगेको स्रोतले बतायो । ओलीले पनि लोकप्रीय अनुहारहरुलाई पार्टीमा ल्याउने प्रयास गरिरहेका छन् ।

ओलीले अभिनेत्री करिश्मा मानन्धरलाई पनि एमाले भित्राउन खोजिरहेका छन् । मानन्धरले ओलीले दुई पटक भेटिसकेकी छिन् । यसअघि गायिका कोमल वली एमालेमा प्रवेश गरेर राष्ट्रिय सभाको सदस्य बनेकी थिइन् । वली दाङबाट चुनाव लड्ने तयारीमा छिन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।