दक्षिणपश्चिम चीनको गोन्झाउ प्रान्तको पान्झोउमा पर्यटकहरूको घुँइचो देखिन्छ । कोल फूल खेतको दृश्य कृषि पर्यटनका लागि मनमोहक मात्रै छैन । यहाँ दैनि लाखौं पर्यटक खेतीपाती हेर्न आउँछन् ।
चिनले कृषिक्रान्ति त्यतिकै गरेको छैन । यहाँ उब्जाउ भूमि जोगाएर बस्तीको विकास गर्छन् त्यसैको नमुना हो यो गोन्झाउ प्रान्तको एउटा क्षेत्र । गरिबी निवारण उपलब्धिहरूलाई सुदृढ गर्ने र ग्रामीण पुनरुत्थानलाई प्रवर्द्धन गर्ने प्रक्रियामा गोन्झाउले किसानहरूलाई खेती विधिहरू परिवर्तन गर्न भनिरहेको छ । नयाँ प्रणाली सिकाइरहेको छ । पहाडी क्षेत्रमा उपयुक्त कृषि उद्योगको विकास गर्न सक्रिय रूपमा मार्गदर्शन गरेको छ।
एकै समयमा, गोन्झाउले कृषिलाई पर्यटन र सांस्कृतिक उद्योगहरूसँग जोड्ने प्रयासहरू गरेको छ । जसले कृषि दक्षता र किसानहरूको आम्दानी बढाउन मद्दत गरेको चीनको लागि सिन्हवा ले जनाएको छ । सिन्ह्वाका लागि आर्याङ वेनबिनले खिचेको तस्वीर