प्रेममा रहेको सुहानाको संकेत, अनमोल भन्छन्- आज्ञा साथी मात्र

प्रेममा रहेको सुहानाको संकेत, अनमोल भन्छन्- आज्ञा साथी मात्र

काठमाडौं । सुहाना थापा र अनमोल केसी आगामी वैशाख १ गते रिलिजको तयारीमा रहेको ‘ए मेरो हजुर ४’को प्रचारप्रसारमा व्यस्त छन् । सार्वजनिक भएका यो फिल्मको गीत र टिजरमा यी दुईलाई रुचाइएको पनि छ ।

केही दिनअघि उनीहरु मिडियासँग गफिंदै गरेको बेला भेटिए । त्यसबेला उनीहरु रिलेसनसिपलाई लिएर अन्तरंगी सुनिए । उनीहरुले आ-आफ्नो प्रेम सम्बन्धलाई लिएर बोलेका छन् ।

उक्त संवादमा सुहानाले आफू रिलेसनसिपमा रहेकोतर्फ संकेत गरेकी छन् । सुहाना भन्छिन्, ‘मिल्ने साथी जसको पनि हुन्छ अहिलेको जमानामा ।’ अन्तर्वार्ताका प्रस्तोता सोध्छन्- के त्यस्ता मिल्ने साथीहरु छन् ? सुहानाको जवाफ छ- ‘छन् भन्दा पनि छ ।’

Europass CV in Nepal

तर उनले त्यो मिल्ने साथी चाहिं को हो भन्नेबारे भने खुलाइनन् । ‘मिल्ने साथी छ’ भन्ने सुहानाको उत्तरले उनी सिंगलबाट मिंगल रहेको अनुमान गर्न सकिन्छ ।

सोही गफगाफमा उनले आफूलाई कृष्णजस्तो प्रेमी र रामजस्तो श्रीमान् मनपर्ने बताइन् । किन त ? उनी भन्छिन्, ‘किनभने कृष्ण चुलबुले टाइपको हुनुहुन्छ भने राम अनुशासित र बौद्धिक टाइपको ।

अनमोल भन्छन्- आज्ञा साथी मात्र

सोही अन्तर्वार्तामा अभिनेता अनमोल केसीले पनि आफू प्रेममा रहेको हल्लालाई लिएर खुले । आज्ञा कारञ्जितसँगको प्रेमतर्फ संकेत गर्दै उनले भने, ‘हामी एकदमै गुड फ्रेन्ड हौं र सपोर्टिभ छौं । हामीबारेको कुरा सबै गसिप हो ।’

आफूहरु दुईजना दार्जिलिङमा घुम्न गएको कुराको पनि उनले खण्डन गरे । सार्वजनिक स्थानमा घुम्न गएका केही तस्वीरबारे सोधिएको प्रश्नमा अनमोलले मिल्ने साथी भएकाले मात्र गएको बताए ।

Europass CV in Nepal