एमाले सुनसरीको बैठकमा इटहरीका मेयरले माइक खोसे

एमाले सुनसरीको बैठकमा इटहरीका मेयरले माइक खोसे

विराटनगर । नेकपा एमाले सुनसरी जिल्ला कमिटीको बैठकमा विवाद भएको छ । इनरुवामा बुधबार बसेको बैठकमा २०७५ जेठ २ अघिका रमेश बस्नेत र पछिल्लो समय अध्यक्षको जिम्मेवारी पाएका रेवतीरमण भण्डारी समूहबीच बैठकको अध्यक्षतामा कसले गर्ने भन्ने विषयमा विवाद थियो ।

विवाद भएपछि इटहरीका मेयर द्वारिकलाल चौधरीले आफू अध्यक्ष भएको दाबी गर्दै माइक खोसेपछि विवाद झन् बढेको हो । रेवती र रमेश कसले बैठकको अध्यक्षता गर्ने भन्ने विवाद भएपछि खेमराज पोखरेललाई अध्यक्षता गर्न दिने समझदारी भएको थियो ।

तर पोखरेलले बोल्ने क्रममा इटहरी उपमहानगरपालिका मेयर तथा एमाले नेता द्वारिकलाल चौधरीले माइक खोसेका हुन् । चौधरीले माइक खोसेपछि केही समय विवाद भएको बैठकले खेमराज पोखरेलको अध्यक्षतामा जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको जिल्ला समिति सदस्य रवि खनालले बताए ।

Europass CV in Nepal

अवैधानिक कमिटी भन्दै चौधरीले माइक खोसेका थिए । चौधरीले माइक खोसेपछि कार्यकर्ताले उनको हातबाट पनि माइक खोसे । आफ्नो हातबाट माइक खोसिएपछि भने चौधरीले बैठक कक्ष छाडेका थिए ।

चौधरी निस्किएपछि बसेको बैठकले रमेश बस्नेत र रेवतीरमण भण्डारीको नेतृत्वमा रहेको कमिटीलाई समेटेर पोखरेलको अध्यक्षतामा जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको हो । बैठकमा एमाले नेता भीम आचार्य पनि सहभागी भएका थिए । बैठकमा विवाद भएपछि जिल्ला इन्चार्ज धर्म निरौलाले बैठकको अध्यक्षता गरेका थिए ।

Europass CV in Nepal