मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 10 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

पहिलो खेलमा नेपाल भारतसँग ७-० ले पराजित

Himali Patrika 1 मिनेट पढाइ

साफ यू–१८ महिला च्याम्पियनशिप फुटबलको पहिलो खेलमा नेपालले भारतसँग ७-० को फराकिलो हार बेहोरेको छ । भारतको जमसेदपुरमा आज मङ्गलवार भएको उद्घाटन खेलमा नेपाल आयोजक भारतसँग ७-० गोलले पराजित भएको हो ।

पहिलो हाफमा ३-० ले अघि रहेको भारतले दोस्रो हाफमा अरू चार गोल थपेको हो । डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनशिपमा नेपाल, भारत र बङ्गलादेश रहेका छन् ।

अब नेपालले दोस्रो खेलमा पर्सि बिहीवात बङ्गलादेशसँग खेल्नेछ । प्रतियोगितामा शीर्ष टोली च्याम्पियन बन्नेछ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।