रूसले लियो बदला, अमेरिकी राष्ट्रपति बाइडेनमाथि नै प्रतिबन्ध घोषणा

रूसले लियो बदला, अमेरिकी राष्ट्रपति बाइडेनमाथि नै प्रतिबन्ध घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनसहित शीर्ष १३ अधिकारीहरूविरुद्ध रूसले प्रतिबन्ध घोषणा गरेको छ । युक्रेनमाथि युद्ध छेडेपछि रूसविरुद्ध अमेरिकाले कैयन प्रतिबन्ध लगाएको थियो । त्यसैको बदलामा रूसले अमेरिकी राष्ट्रपति बाइडेनमाथि नै प्रतिबन्ध घोषणा गरेको हो ।

रूसको विदेश मन्त्रालयका अनुसार प्रतिबन्ध सूचिमा बाइडेन, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन, रक्षासचिव लयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवन र सीआइए प्रमुख विलियम बर्न्स लगायत विरुद्ध लागू भएको छ । अमेरिकाका अन्य अधिकारीहरू पनि यो प्रतिबन्धबाट प्रभावित हुने रूसले जानकारी दिएको छ ।

युक्रेनमाथि हमला गरेपछि यतिखेर रूसविरुद्ध अमेरिका र पश्चिमा मुलुकहरूले दर्जनौं प्रतिबन्ध लगाएका छन् । रूसी सरकारी अधिकारीहरू, कम्पनीहरू र अर्बपतिहरूविरुद्ध प्रतिबन्ध घोषणा भएको छ ।

Europass CV in Nepal

अमेरिकाले रूसबाट हुने तेल आयातमा पनि रोक लगाएको छ । पश्चिमा मुलुकले धम्की दिइरहँदा रूसले पनि प्रतिबन्धका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल ३०० अमेरिकी डलरसम्म पुग्ने चेतावनी दिएको छ ।

Europass CV in Nepal