मुख्य सामग्रीमा जानुहोस्
Friday, 9 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

भारतले फेरी पेट्रोलियम पदार्थमा बढेको नयाँ नयाँ मूल्य सुची पठायो

Himali Patrika 1 मिनेट पढाइ

काठमाण्डाै ।  भारतले नेपाललाई पेट्रोलियम पदार्थमा बढेको नयाँ मूल्य सूची पठाएको छ । नेपाल आयल निगमलाई इन्डियन आयल कर्पाेरेशन (आईओसी) ले पठाएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ३७ पैसा, डिजेल २४ रुपैयाँ ४९ पैसा र हवाई इन्धन १८ रुपैयाँ ८९ पैसाले बढेर आएको छ ।

आईओसीबाट आज प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ ।

भारतले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३२ रुपैयाँ ८१ पैसा घाटा रहेको निगमले दाबी गरेको छ । निगमले अहिले पेट्रोल प्रतिलिटर एक सय ५० रुपैयाँमा बिक्री गर्दै आएकोमा अब लागत मूल्य एक सय ८२ रुपैयाँ ८१ पैसा पुगेको दाबी गरेको छ । यस्तै डिजलमा अब ३६ रुपैयाँ ८४ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ६ सय ६५ रुपैयाँ ३४ पैसा घाटा हुने निगमले जनाएको छ ।

निगमको अहिलेसम्मको घाटा २८ अर्ब रुपैयाँ पुगिसकेको र नयाँ मूल्यअनुसार अब मासिक घाटा १० अर्ब रुपैयाँ पुग्ने निगमको विज्ञप्तिमा उल्लेख छ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।