‘पिर’ गित प्रकाशले नभई साम्राज्यवादी शक्तिले ल्याएका हुन् : महरा

‘पिर’ गित प्रकाशले नभई साम्राज्यवादी शक्तिले ल्याएका हुन् : महरा

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व सभामुख कृष्ण बहादुर महराले ‘पिर’ गित गायक प्रकाश सपुतले आफू नल्याएको बताएका छन् । बिहिबार बुटवलमा आयोजित लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले सपुतले ल्याएको ‘पिर’ गित उनले नल्याइ साम्राज्यवादी शक्तिले ल्याएको आरोप लगाएका हुन् ।

उनले भने, चुनावको मुखमा आएर प्रकाश सपुतले जुन गित बजारमा ल्याएका छन् । त्यो गित उनले ल्याएका होइनन, माओवादीलाई कसरी कमजोर पार्न र सिध्याउन सकिन्छ भन्ने गुरुयोजनाका साथ साम्राज्यवादी शक्तिले ल्याएका हुन ।

उनले आफूहरु विगतदेखि नै साम्राज्यवादी शक्तिले दलदलमा फसाउन खोजेको तर त्यो दलदलबाट निस्केर आएको बताए ।

Europass CV in Nepal

Europass CV in Nepal