‘दुई नम्बरी’ मा पल शाहको सट्टा सौगात मल्लले अभिनय गर्ने

‘दुई नम्बरी’ मा पल शाहको सट्टा सौगात मल्लले अभिनय गर्ने

दीपेन्द्र लामा निर्देशित फिल्म ‘दुई नम्बरी’मा पल शाहको स्थानको अर्का अभिनेता सौगात मल्लले अभिनय गर्ने भएका छन्। दुई वर्षअघि छायांकन सुरू भएको फिल्म कोरोनाका कारण स्थगित भएको थियो। पुनः छायांकनमा जाने लागेको फिल्मका मुख्य कलाकार शाह हिरासतमा रहेकाले अर्का अभिनेता मल्ललाई फिल्ममा अनुबन्ध गरिएको निर्माण पक्षले जानकारी दिएको छ।

लामाकै लेखनमा रहेको फिल्म कोरोना महामारीका कारण छायांकनकै क्रममा स्थगित भएको थियो। पुनः छायांकन सुरू हुन लाग्दा शाह बलात्कारको आरोपमा हिरासतमा रहेकाले उनको स्थानमा मल्ललाई राखिएको हो।

फिल्ममा सौगातसँगै दयाहाङ राई, वर्षा राउत, उगेन छोदेनलगायतका कलाकारको अभिनय रहनेछ।

मित्रताको कथामा आधारित फिल्म छायांकन सकिएसँगै आगामी वर्षको कात्तिक ४ गते प्रदर्शनमा आउने निर्माण पक्षले दाबी गरेको छ।