तीनै तहको निर्वाचनमा एमालेको एक्लै बहुमत

तीनै तहको निर्वाचनमा एमालेको एक्लै बहुमत

जनकपुरधाम । नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने दाबी गरेका छन्। पाँच दलीय गठबन्धनले एमालेलाई कुनै फरक नपर्ने दाबी गर्दै पोखरेलले आगामी स्थानीय, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने दाबी गरेका हुन्।

सोमबार जनकपुरधाममा नेकपा एमालेको धनुषा जिल्लाको सातौँ अधिवेशनको उद्घाटनमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले कम्युनिष्ट पार्टीले दुई तिहाईको बहुमत हुँदासमेत काम गर्न नसकेको आरोप लागेको बताए।

उनले भने, ‘२०७४ सालको निर्वाचनमा एमालेसँग एक्लै बहुमत थिएन। माओवादीसँगको वाम गठबन्धनपश्चात बहुमतको बनेको र उपेन्द्र यादवको पार्टीको समर्थन पश्चात करिब दुई तिहाईको बहुमत भएको थियो तर अबको स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा एमाले एक्लै बहुमत ल्याउँछ।’

Europass CV in Nepal

माधव नेपाललाई कटाक्ष गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेमा लगानी नभएका मानिसहरु बाहिर निस्किएको र पार्टी कसैको जिमदारी नरहेको बताए। एमाले श्रमजिवी जनता, हरेक कार्यकर्ताको पार्टी रहेको भन्दै माधव नेपालले एमालेलाई आफ्नो जिमदारी नठान्न आग्रह गरे। माधव नेपालले पार्टीलाई आफ्नो जिमदारी ठानेको र अरु नेता भएपछि उनी बस्न नसकेको टिप्पणी गरे।

‘म माधव नेपालसँग ४५ वर्षदेखि काम गर्दै आएको छु। उहाँको केही समस्या छैन, तर एउटा समस्या छ, जेसुक्कै चिजलाई आफ्नो जिम्दारी ठान्नु,’ उनले भने।

वरिष्ठ उपाध्यक्ष पोखरेलले कम्युनिष्ट पार्टीलाई जिन्दावाद भने पनि पार्टीभित्रको जिमदारीलाई मुर्दावाद भन्नुपर्ने बताए। त्यस्तै उनले पुष्पकमल दाहाल प्रचण्डले केपी ओली दुई पटक किडनी फेरेकाले जान्छ भनेर दुई अध्यक्षीय प्रणाली लागू गरे तर त्यस्तो नभएपछि नेपाल र दाहालको साँठगाँठ बनेको र पार्टी विभाजन भएको बताए।

‘पार्टीमा रहेका विभिन्न क्षेत्र, जात, समुदायका व्यक्तिलाई साथमा लिएर जान सक्नुपर्छ,’ उनले भने, ‘नेताको नेतृत्वलाई स्वीकार गरे, नेताहरुको निर्णयको पालन गरे, नेताहरु सबैलाई समेटेर अगाडी बढे मात्र एमाले मजबुत हुन्छ।’

Europass CV in Nepal