मुख्य सामग्रीमा जानुहोस्
Saturday, 26 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

मार्क्स र लेलिन हुन्थे भने कांग्रेसलाई भोट हाल्थे : महामन्त्री शर्मा

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कम्युनिस्ट नेताहरुमा बोलीको ठेगान नभएको बताएका छन्।

शनिबार कीर्तिपुरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री शर्माले हलुका टिप्पणी गर्ने, उत्तेजित र उच्छृङ्खल अभिव्यक्ति दिने कम्युनिस्ट नेताहरुलाई आवश्यक परेमा जवाफ दिइने स्पष्ट पारे।

‘ओलीका हलुका उच्छृङ्खल प्रश्नको जवाफ दिने फुर्सद पार्टी सभापतिलाई छैन। आवश्यक परे हामीले दिने हो,’ उनले भने।

महामन्त्री शर्माले नेपालका कम्युनिस्टको शैलीले साम्यवादी सिद्धान्तका प्रतिपादक कार्ल मार्क्स तथा कार्यान्वयन गर्ने लेलिन पनि कांग्रेसजस्तो प्रजातान्त्रिक शक्तिलाई मत दिन बाध्य हुने अवस्था आउथ्यो भनेर ध्यानाकर्षण गराए।

‘यदि कार्ल मार्क्स र लेलिनले नै भोट हाल्न पाउँथे भने बोलीको ठेगान नभएका कम्युनिस्टलाई भन्दा कांग्रेसलाई भोट हाल्थे,’ शर्माले भने।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।