युट्युब च्यानलनमा जथाभाबी अन्तर्वार्ता दिने शर्मिला वाइबा पक्राउ

युट्युब च्यानलनमा जथाभाबी अन्तर्वार्ता दिने शर्मिला वाइबा पक्राउ

काठमाण्डाै । अभिनेता पल शाहले जबरजस्ती करणी गरेको मुद्दामा पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी अन्तवार्ता दिने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ ।

सेलेब नेपाल र ए वन मिडिया नामक युट्युब च्यानलमार्फत पीडितको मानमर्दन हुने तथा भ्रामक र अनर्गल वक्तव्यबाजी गर्ने सुनसरीको बराहक्षेत्र नगरपालिका घर भएकी शर्मिला वाइबालाई पक्राउ गरिएको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

वाइबालाई चितवनबाट पक्राउ गरेर जिल्ला अदालत काठमाण्डौबाट सात दिनको म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Europass CV in Nepal

Europass CV in Nepal