मुख्य सामग्रीमा जानुहोस्
Monday, 5 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

ताइवान भ्रमणबाट फर्किएपछि दलाई लामाले भने- ‘म ताइवानभन्दा त भारत नै रोज्छु’

Himali Patrika 1 मिनेट पढाइ

नयाँ दिल्ली । तीब्बतका आध्यात्मिक नेता दलाई लामाले ताइवानभन्दा भारत रोज्ने बताएका छन् । ताइवान भ्रमणबाट फर्किएपछि बुधबार भारतीय सञ्चारमाध्यमसँग बोल्दै लामाले बस्नको लागि ताइवानभन्दा भारत रोज्ने बताएका हुन् ।

ताइवान भ्रमणबारे भर्चुअल माध्यमबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले भनेका छन्, ‘चीन र ताइवानको अवस्था निकै नाजुक भएकाले बस्नको लागि म भारत नै रोज्छु ।’

स्वतन्त्र ताइवानलाई चीनले क्षेत्र भएको दाबी गर्दै आएको छ । चीनले ताइवानको वायु रक्षा क्षेत्रमा पटकपटक हमला गर्दै आएको भन्दै ताइवानले आपत्ती जनाउँदै आएको छ । चीनको सो गतिविधिका कारण चीन र ताइवानको सम्बन्धमा दरार उत्पन्न भएको छ ।

रोयटर्सका अनुसार दलाई लामाले तत्काल चिनियाँ राष्ट्रपति सि जिङपिङसँग भेट्ने कुनै योजना नबनाएको बताएका छन् । तिब्बतबाट निकाला गरिएका आध्यात्मिक नेता लामा सन् १९५९ देखि भारतको शरणमा बस्दै आएका छन् । उनले भारतबाटै तीब्बतको स्वतन्त्रता, संस्कृती र धर्मको संरक्षणका लागि पटकपटक चीनसँग आह्वान गर्दै आएका छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।