बोलाएको बेला हाजिर हुनेगरी अभिनेत्री कार्कीलाई पतिको जिम्मा लगाइयो

बोलाएको बेला हाजिर हुनेगरी अभिनेत्री कार्कीलाई पतिको जिम्मा लगाइयो

काठमाडौं । नेपालमा अवैध रहेको क्रिप्टोकरेन्सी कारोबारलाई बढावा दिएको भन्दै अभिनेत्री प्रियंका कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले सोधपुछ गरेको छ। क्रिप्टोकरेन्सीलाई सामाजिक सञ्जालबाट प्रचार गरेको भन्दै आइतबार व्युरोले अभिनेत्री कार्कीसँग सोधपुछ गरेको हो।

घन्टौंको सोधपुछपछि अभिनेत्री कार्कीलाई उनका पति आयुषमान देजराज जोशीको जिम्मा लगाएको व्युरो प्रमुख डीआइजी धिरजप्रताप सिंहले जानकारी दिए। डीआइजी सिंहका अनुसार बोलाएको बखत हाजिर हुनेगरी उनलाई आयुषमानको जिम्मा लगाइएको हो।

क्रिप्टोकरेन्सीलाई सामाजिक सञ्जालमार्फत् विज्ञापन गरेको भन्दै व्युरोले अभिनेत्री कार्कीसँग सोधपुछ गरेको थियो। यस सम्बन्धमा अभिनेत्री कार्कीले आफू स्वयं पीडित भएको बताइएकी छन्।

Europass CV in Nepal

उनले अन्नपूर्णसँग कुरा गर्दै आफ्नो तस्बिर दुरुपयोग भएको बताइन्। ‘क्रिप्टोकरेन्सीमा मेरो कुनै लगानी छैन। बरु म आफैँ पीडित हुँ। कसैले मेरो तस्बिर दुरुपयो गरेको छ। प्रहरीलाई सघाउन म यहाँ आएकी हुँ,’ उनले भनिन्।

 

Europass CV in Nepal