मुख्य सामग्रीमा जानुहोस्
Saturday, 12 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेपछि लेटाङमा तनाव, घाँटीमा छुरा हानी महिला प्रहरीको हत्या

Himali Patrika 1 मिनेट पढाइ

विराटनगर । मोरङको लेटाङ नगरपालिकामा विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा भएको तनावमा एक महिला प्रहरीको मृत्यु भएको छ।

लेटाङ-५ खेरुवास्थित आइतबार शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएसँगै आक्रोशित गाँउलेले विद्यालय घेरेका थिए।

नगरपालिकाका प्रमुख शंकर राईका अनुसार घटना भएपछि उग्र भएको भीड नियन्त्रणका लागि सुरक्षाकर्मीको बाक्लो उपस्थिति बनाइएको थियो। तर, आक्रोशित भीडले शिक्षकलाई विद्यालय बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको उनले बताए। चितवनबाट साँझ लेटाङ पुगेका मेयर राईले एकपछि अर्को घटना हुनुले चिन्ता बढाएको बताए।

विद्यालय तनावग्रस्त बनेपछि प्रहरीको टोली सुरक्षाका लागि त्यहाँ पुगेको थियो। नगरपालिकाका उपमेयर तथा सोही वडाका अध्यक्षसमेत घटनाबारे बुझ्न जाँदा तनावग्रस्त भीडले आक्रमणको प्रयास गरेको थियो। आक्रोशित भीडले विद्यालयमा आगजनीसमेत गरेको थियो। विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई प्रहरीले बेलुका निकाल्ने क्रममा आक्रोशित भीडले आक्रमण गरेको थियो।

सोही क्रममा एक महिला प्रहरीको मृत्यु भएको हो। प्रहरीले महिला प्रहरीको नाम सार्वजनिक गरिएको छैन। स्थानीयका अनुसार मृतक प्रहरीको घाँटीमा छुरा प्रहार गरिएको बताइएको छ।

त्यसैगरी स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायर गरेको थियो। स्थानीयका अनुसार यसक्रममा एक युवकलाई पनि गोली लागेको छ। तर, यसबारे प्रहरीले आधिकारिक जानकारी दिइसकेको छैन।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।