भारतीय नागरिकको मलद्वारबाट निकालियो एक किलो बढी सुन

भारतीय नागरिकको मलद्वारबाट निकालियो एक किलो बढी सुन

काठमाडौं : प्रहरीले एक किलोभन्दा बढी सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

दुबईबाट नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौं आएका ३८ वर्षीय भारतीय नागरिक शुभम मेहराले मलद्वारमा लुकाएर ल्याएको एक किलोग्राम २६८ ग्राम सुनसहित विमास्थल सुरक्षा कार्यालयले आइतबार नियन्त्रणमा लिएको हो।

मेहराको गतिविधि शंकास्पद देखिएपछि विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिइएको थियो। विमानस्थल सुरक्षा कार्यालयको आगमन भन्सार क्षेत्र नजिकै रहेको शौचालयमा पुर्‍याई शौच गर्न लगाउँदा सुन फेला परेको हो।

Europass CV in Nepal

उनको मलद्वारबाट हरियो रंगको टेपले बेरिएको सेतो रंगको प्लाक भित्र बेलनाकार बनाइएको अर्धठोस सुनको पोका थान-२ को अन्दाजी तौल १२६८ ग्राम (प्लाष्‍टिक सहित) बरामद गरिएको एसपी हिमालयकुमार श्रेष्ठले जानकारी दिए।

उनकाअनुसार उक्त सुनको मूल्य करिब एक करोड ८ लाख ४९ हजार ६४२ रहेको छ। भन्सार छलेर लैजान लागिएको उक्त सुनसहित मेहरालाई आवश्यक अनुसन्धान एवं कारवाहीको भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।