मुख्य सामग्रीमा जानुहोस्
Sunday, 20 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

कृष्णबहादुर महराका स्वकीय सचिवले पनि गरे माओवादी परित्यागको घोषणा

Himali Patrika 1 मिनेट पढाइ

नेकपा माओवादी केन्द्र घोराही उपमहानगर कमिटीका अध्यक्ष प्रमोद शर्माले पार्टी त्यागेको घोषणा गरेका छन् । शर्मा पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव हुन् ।

उनले मंगलबार पार्टीको साधारण सदस्यसमेत नरहने गरी पद त्यागेको घोषणा गरेका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘आजको मितिदेखि म नेकपा माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु ।’ उनले अबदेखि एक स्वतन्त्र नागरिकको रुपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्ने बताएका छन् ।

उनी लुम्बिनी प्रदेश कमिटीको सदस्यको आकांक्षी थिए । तर उनी प्रदेश कमिटीमा नपरेपछि असन्तुष्ट थिए ।

यसैबीच सोमबार बसेको नेकपा माओवादी केन्द्र दाङको बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । बैठकले जिल्ला सचिवमा विश्वराज आचार्यलाई चयन गरेको छ । जिल्ला संयोजकको जिम्मेवारी यसअघि नै तुलसीराम पुन (सुवास)ले पाइसकेका थिए ।

बैठकले निर्वाचन क्षेत्र र पालिकाहरुमा पनि नेताहरूको जिम्मेवारी तोकेको छ ।

जस अनुसार घोराही उपमहानगर कमिटी इञ्चार्जको जिम्मा कृष्णबहादुर महराका छोरा निर्मल महराले पाएका छन् । प्रमोद शर्मा भने सोही कमिटीको अध्यक्षमा यथावत छन् ।

यसैगरी तुलसीपुर उपमहानगर इञ्चार्जमा प्रेमराज वली र लमही नगरपालिका इञ्चार्जमा बसन्तराज शर्मा (विक्रान्त) चयन भएका छन् ।

राप्ती गाउँपालिका चित्रबहादुर थापा, गढवा गाउँपालिकामा यमनारायण पोख्रेल (विश्वास), राजपुर गाउँपालिकामा चक्रबहादुर खड्का, बंगलाचुलीमा चुडामणि नेपाली, दंगीशरणमा हिरालाल चौधरी, शान्तिनगरमा राधिका परियार र बबई गाउँपालिकामा पुनम शेर्पालीले इञ्चार्जको जिम्मेवारी पाएका छन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।