सलमान खानसँग जब मन्त्री आलेले ‘मैने प्यार किया र तेरे नाम’को तारिफ गरे

सलमान खानसँग जब मन्त्री आलेले ‘मैने प्यार किया र तेरे नाम’को तारिफ गरे

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र बलिउड अभिनेता सलमान खानबीच भर्चुअल सम्वाद भयो। काठमाडौंको दशरथ रंगशालमा जेठ १४ गते आयोजना हुने ‘दबंग टूर’का लागि मन्त्री आले र अभिनेता खानबीच सम्वाद भएको हो।

यसक्रममा मन्त्री आलेले आफ्ना पुराना दिन सम्झिए। उनले सलमान खान अभिनित ‘मैने प्यार किया’ फिल्म हेरेको स्मरण गरे। ‘म त्यतिबेला मुम्बईमै थिएँ, जतिबेला तपाइँ अभिनित मैने प्यार किया हेरेको थिएँ।’ सलमान अभिनित उक्त फिल्म सन् १९८९ मा सार्वजनिक भएको थियो।

मन्त्री आले त्यतिमै रोकिएनन्। सन् २००३ मा सार्वजनिक भएको ‘तेरे नाम’ पनि हेरेको र धेरै राम्रो फिल्म बनेको सलमानलाई फुर्काए। मन्त्री आलेले फुर्काउँदै गर्दम सलमान खानले ‘धन्यवाद’ दिइरहेका थिए।

Europass CV in Nepal

अभिनेता खानले पनि नेपालम फिल्म सुटिङ गर्दाका क्षण सम्झिएँ। ‘बुलन्द फिल्मका लागि पहिलोपटक म नेपाल आएको थिएँ। तर विभिन्न कारणले त्यो फिल्म रिलिज्ट हुन सकेन। त्यसपछि पनि आउन खोजेको हुँ। तर विभिन्न कारणले स्थगित हुन पुगेको थियो,’ उनले वित सम्झिँदै भने।

दबंगल टूरमार्फत् उनले नेपाली फ्यानलाई मनोरञ्जन प्रदान गर्ने विश्वास व्यक्त गरे। जाँदाजँदै सलमानले आफ्नो आउँदै गरेको टाइगर ३ को चर्चासमेत गरे। मन्त्री आलेले टाइगर ३ आफूले पनि हेर्ने र नेपाली जनताले पनि हेर्ने आश्वासन दिएका थिए।

Europass CV in Nepal