मुख्य सामग्रीमा जानुहोस्
Sunday, 20 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

घोषणापत्र लेख्न काँग्रेसले बनायो गगनलाई कमाण्डर

Himali Patrika 1 मिनेट पढाइ

नेपाली काँग्रेसले महामन्त्री गगनकुमार थापालाई “स्थानीय तह निर्वाचन – २०७९, घोषणापत्र तयारी समिति” को संयोजक बनाएको छ । पार्टी सभापति शेर बहादुर देउवाले उनलाई बिहीबार सो समितिको संयोजकमा मनोनयन गरेका हुन् ।

फागुन ३ गते बसेको काँग्रेस केन्द्रीय समितिको बैठकको निर्णय अनुसार देउवाले थापालाई “स्थानीय तह निर्वाचन – २०७९, घोषणापत्र तयारी समिति” को संयोजकमा मनोनयन गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी गराए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।