एक लाख नेपाली रुपैयाँको इलेक्ट्रीक कार !

एक लाख नेपाली रुपैयाँको इलेक्ट्रीक कार !

काठमाडौं । विश्वको सबैभन्दा ठूलो इभी बजारको पहिचान बनाएको चीनले विद्युतीय सवारीसाधनमा नयाँ खोजलाई निरन्तर चलाइरहेको छ । विश्वभर विद्युतीय कारको मूल्य कसरी घटाउन सकिन्छ भन्ने बहस चलिरहेको छ । यस्तोमा यूरोप, अमेरिका र अन्य एशियाली देशले बनाएका इलेक्ट्रीक कारको मूल्य उच्च रहेकोमा चिनियाँ एक कम्पनीले चाङ्ली नामको इलेक्ट्रीक कार ९०० डलर मूल्य तोकेर बजारमा ल्याएको छ ।

कार उत्पादनका लागि दुई वटा प्रमुख पक्षमा ध्यान दिइनु पर्छ । सबैभन्दा पहिला कार निर्माण गर्नु अघि डिजाइन र त्यसपछि उपयुक्त टेक्नलोजी छनौट गर्ने गरेको पाइन्छ । यी दुबै कामको लागि धेरै भन्दा धेरै रिसर्च एण्ड डेभलपमेन्टमा समय र पैसा लगानी गर्नु पर्ने हुन्छ ।

यी दुबै चरण पहिलो र खर्चिलो मानिन्छ । दोस्रो चरण सबैले सोचेको पक्ष हो जहाँ कार उत्पादन गर्न आवश्यक बस्तु र डिभाइसहरु जुटाउनु पर्छ । ठूला कार कम्पनीहरुले पहिलो पक्षमा धेरै खर्च गरेका हुन्छन् । जसका कारण कारहरुमा प्रयोग भएको वास्तविक मेटेरियल भन्दा रिसर्च डेभलपमेन्ट तथा कन्सेप्टको इन्जिनियरीङमा धेरै खर्च लाग्छ ।

Europass CV in Nepal

तर, सबैभन्दा सस्तो इलेक्ट्रीक कार बनाएको चाङ्गीले भने रिसर्च र डेभलपमेन्टको पार्टलाई पुरै वेवास्ता गरेर गाडी बनाउन चाहिएको सामानको मूल्यलाई मात्र केन्द्रमा राखेको हो ।

चाङ्गीले ब्याट्रीमा लाग्ने खर्च कम गर्न यसमा लियम आयोनको सट्टा लिड एसिड ब्याट्रीको प्रयोग गरेको छ । जुन लिथियम आयोनभन्दा निकै सस्तो छ ।

ब्याट्रीपछि अर्को महत्वपूर्ण पार्टस् भनेको मोटर हो । कम्पनीले यसको पनि कस्ट कम गर्न उपाय निकालेको छ । चाङ्गीले आफ्नो इभीमा वासिङ मेसिनमा प्रयोग हुने १.६ हर्सपावरको मोटर प्रयोग गरिरहेको छ ।

त्यस्तै कम्पनीले सबै इभीमा हुने ब्याट्रीको डिसी पावरलाई एसी पावरमा कन्भर्ट गर्नका लागि प्रयोग हुने इन्भटर हटाएको छ । कम्पनीले आफ्नो कारमा एसी मोटरको सट्टा डिसी मोटर नै प्रयोग गरेर इन्भटरको आवश्यक्तालाई हटाएको हो । मूल्य घटाउन कै लागि कारमा अगाडि चक्कामा ब्रेक पनि दिइएको छैन । यो कारको पछाडि चक्कामा मात्रै ब्रेक लाग्ने टेक्नलोजी दिइएको छ ।

यती सस्तो मूल्यको कार कति स्पीडमा गुड्छ भन्ने प्रश्न स्वभाविक हुन्छ । कम्पनीका अनुसार यो कारको टप स्पीड ४० किलोमिटर प्रतिघण्टा रहेको छ । यसलाई एक पटक फुल चार्ज गरेपछि लगभग ६५ किलोमिटर गुडाउन सकिन्छ ।

कार निकै सस्तो भएपछि यसमा डिजीटल ड्यासबोर्ड र रियर पार्किङ क्यामरा समेत दिइएको छ । यो कारको टिकाउपन र सुरक्षाको विषयमा भने केही जानकारी प्राप्त भएको छैन । मेरो अटोबाट 

 

Europass CV in Nepal