मुख्य सामग्रीमा जानुहोस्
Saturday, 12 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

जनयुद्ध स्मृति भ्यूटावर उद्घाटन गर्न रोल्पा पुगे प्रचण्ड

Himali Patrika 1 मिनेट पढाइ

दाङ। जनयुद्ध स्मृति भ्यूटावरको उद्घाटन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोल्पा पुगेका छन्। उनि सातवर्ष पछि १० वर्षे जनयुद्धको आधारक्षेत्र रोल्पा पुगेका पुगेका हुन् । सोमबार पार्टीको आमसभासँगै जनयुद्ध स्मृति भ्यूटावरको उद्घाटन गर्न हेलिकप्टर चढेर पुगेका छन् ।

युद्धताका रोल्पा–रूकुममा बसेका प्रचण्डलाई शान्तिकालपछि भेटेर माया–ममता साट्न निकै मुस्किल परेको स्थानीयहरूको गुनासो छ। उनी स्थानीय तहको निर्वाचनका लागि भोट माग्न सात वर्षपछि हेलिकप्टर चढेर रोल्पा ओर्लिएका हुन्।

प्रचण्डले सातदोबाटोस्थित जनयुद्ध स्मृति भ्यूटावरको उद्घाटन र पार्टी आमसभालाई सम्बोधन गर्नेछन्। सभालाई प्रचण्डसँगै प्रवक्ता कृष्णबहादुर महरा, नेत्री जयपुरी घर्ती, केन्द्रीय सदस्य जोखबहादुर महरा, सीता आचार्यलगायतका नेताहरूले सम्बोधन गर्ने माओवादी केन्द्र रोल्पाले जनाएको छ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।