राजसंस्था पुनःस्थापनाको सम्भावना समाप्त भयो : कमल थापा

राजसंस्था पुनःस्थापनाको सम्भावना समाप्त भयो : कमल थापा

१४ चैत, पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापनाको सम्भावना नेपालबाट समाप्त भएको जिकिर गरेका छन् ।

राप्रपा नेपालले सोमबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले पछिलो १५ वर्षको राजनीतिक परिवर्तन र पूर्वराजाको दलप्रतिको आक्रामक सोचले राजसंस्था पुनःस्थापनको सम्भावनालाई समाप्त पारेको बताए ।

राजसंस्थाको पुनःस्थापना नेपालकै राजनीतिक दल र आमजनताले गर्ने भए पनि पूर्वराजाले आफ्नो भावना सार्वजनिक गर्दा दलप्रति वितृष्णा फैलाउने काम मात्र गरेकाले राजसंस्था पुनःस्थापनाको सम्भावना समाप्त भएको अध्यक्ष थापाले जिकिर गरे ।

Europass CV in Nepal

उनले राजसंस्था पुनःस्थापनाको वकालत गर्ने एक मात्र पार्टी राप्रपामा पूर्वराजा र उनको सचिवालयले गरेको चलखलेका कारण आफू नयाँ बाटोतर्फ लागेको प्रष्ट पारे ।

अध्यक्ष थापाले आउने स्थानीय तहको निर्वाचनबाट धेरै अपेच्छा नराखे पनि देशकै सम्पूर्ण स्थानीय तहमा राप्रपा नेपालका उम्मेदवार चुनाव लड्ने जानकारी दिए ।

 

Europass CV in Nepal