प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा नेपालले सीमा मुद्दाको विषय उठाउने

प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा नेपालले सीमा मुद्दाको विषय उठाउने

काठमाडौं । सीमा समस्याका बारेमा नेपालले भारतसँग छलफल गर्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार तीन दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्दैछन् । प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला नेपालले सीमा समस्याका बारेमा कुरा उठाउने तयारी गरेको हो ।

परराष्ट्रमन्त्रालयले प्रधानमन्त्री देउवाको भारत भ्रमणको बेला सीमा समस्याको मुद्दा उठ्ने जनाएको ह। मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले नेपाल र भारतबीच देखिएका सीमा समस्या महत्वपूर्ण विषय भएकाले प्रधानमन्त्री देउवाको भ्रमणका बेला सो विषयमा छलफल हुने बताइन्।

प्रवक्ता लम्सालले भनिन्,’ सीमा समस्या महत्वपूर्ण विषय हो, प्रधानमन्त्रीज्यूको भ्रमणका बेला कहि न कहि यो विषय उठछ ।’

Europass CV in Nepal

प्रधानमन्त्रीको टोलीमा को-को सहभागी हुने भन्ने विषय छलफलकै क्रममा रहेको उनले बताइन् । प्रवक्ता लम्सालले भ्रमणको तयारी तीब्र गतिमा भइरहेको र एजेण्डाको बारेमा ‘वर्कआवट’ भइरहेको समेत बताइन् ।

 

Europass CV in Nepal