मुख्य सामग्रीमा जानुहोस्
Thursday, 12 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे नायक पल शाह

Himali Patrika 1 मिनेट पढाइ

पोखरा । बलात्कारको आरोप लागेका नायक पल शाह तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् ।

आज (मंगलबार) उनले जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पोखरामा निवेदन दिन पुगेका हुन् । उनले आफुलाई धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन निवेदनमा माग गरेको बताइएको छ ।

नाबालिग गायिकामाथि बलात्कार आरोपमा पुर्पक्षका लागि उनलाई तनहुँ जिल्ला अदालतले कारागार पठाइएको छ ।

उनी चैत १० गते जेल चलान भएका थिए । सोही आदेश खारेज गरिपाऊँ भन्दै पुनरावेदन परेको उच्च अदालत पोखराले जानकारी दिएको छ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।