‘भाजपाअरविन्द केजरीवालको हत्या गर्न चाहन्छ’

‘भाजपाअरविन्द केजरीवालको हत्या गर्न चाहन्छ’

दिल्लीका उप–मुख्यमन्त्री मनिष सिसोदियाले भाजपाले केजरीवालको हत्या गराउन चाहेको आरोप लगाएका छन् । उनले भने, ‘आज प्रहरीको उपस्थितिमा, प्रहरीसँग भारतीय जनता पार्टीका गुण्डा मुख्यमन्त्री अरविन्द केजरीवालजीको घरमा पुगेका छन् ।

उनको घरको सिसिटिभी क्यामरा फुटाइयो । बूम ब्यारियर तोडिए र सबैकुरा प्रहरीको उपस्थितिमा भयो । भाजपाका गुन्डाले यी सबै गरेका हुन् । मनिष सिसोदियाले अरविन्द केजरीवाललाई चुनावमा हार्न नसकेको भए बिजेपीले उनलाई ध्वस्त पार्न चाहेको आरोप लगाए । यो निकै जानीबुझी गरिएको षड्यन्त्र हो ।’

पञ्जाबका मुख्यमन्त्री भगवन्तले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको घरमा हमलालाई एक कायरतापूर्ण व्यवहारको संज्ञा दिएका छन् । उनले ट्वीट गरेर लेखे, ‘पञ्जाबमा आम आदमी पार्टीको हातले बिजेपी बौलाहेको स्पष्ट देख्न सकिन्छ ।’

Europass CV in Nepal

भगवन्त मानले केजरीवालका ेघरमा हमला दिल्ली प्रहरीको उपस्थितिमा भएको आरोप लगाएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘अब यो स्पष्ट भइसकेको छ कि भाजपालाई आप र अरविन्द केजरीवालसँग मात्रै डर लाग्छ ।’

Europass CV in Nepal