मुख्य सामग्रीमा जानुहोस्
Saturday, 26 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

चीन र सोलोमन टापुहरू विवादास्पद सुरक्षा सम्झौतामा सहमत

Himali Patrika 1 मिनेट पढाइ

काठमाण्डाै । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी सेनाको नेतृत्वबीच तनावको अवस्था आएको गुप्तचर सूचनालाई उद्धृत गर्दै अमेरिकाले जनाएको छ ।

रुसी राष्ट्रपति पुटिनले सैन्य सल्लाहकारबाट आफूलाई भ्रममा पारिएको महसुस गरेका दाबी अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले गरेको हो । यही कारण पुटिन र सैनिक नेतृत्वबीच तनाव सिर्जना भएको दाबी पनि ह्वाइट हाउसले गरेको बीबीसीले जनाएको छ । युक्रेनमाथिको आक्रमण रुसको रणनीतिक रुपमा गम्भीर गल्ती रहेको र यसले रुसलाई लामो समयसम्म कमजोर बनाउने स्पष्ट भएको अमेरिकाको भनाई छ ।

रुसी सेनाका वरिष्ठ सल्लाहकारले राष्ट्रपति पुटिनलाई युद्धमैदानमा सेनाको अवस्था बारे बताउन डराएका खबरमा उल्लेख गरिएको छ । पुटिनले पश्चिमा देशहरूले लगाएको आर्थिक प्रतिबन्धको यकिन जानकारी समेत पूर्ण रूपमा नबुझेको ह्वाइट हाउसको भनाइ छ । पश्चिमा देशका अधिकारीले युद्धको पूर्ण जानकारी पुटिनलाई नदिइएकाले शान्ति वार्ताका प्रयासमा समेत प्रभाव पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।