चीन र सोलोमन टापुहरू विवादास्पद सुरक्षा सम्झौतामा सहमत

चीन र सोलोमन टापुहरू विवादास्पद सुरक्षा सम्झौतामा सहमत

काठमाण्डाै । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी सेनाको नेतृत्वबीच तनावको अवस्था आएको गुप्तचर सूचनालाई उद्धृत गर्दै अमेरिकाले जनाएको छ ।

रुसी राष्ट्रपति पुटिनले सैन्य सल्लाहकारबाट आफूलाई भ्रममा पारिएको महसुस गरेका दाबी अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले गरेको हो । यही कारण पुटिन र सैनिक नेतृत्वबीच तनाव सिर्जना भएको दाबी पनि ह्वाइट हाउसले गरेको बीबीसीले जनाएको छ । युक्रेनमाथिको आक्रमण रुसको रणनीतिक रुपमा गम्भीर गल्ती रहेको र यसले रुसलाई लामो समयसम्म कमजोर बनाउने स्पष्ट भएको अमेरिकाको भनाई छ ।

रुसी सेनाका वरिष्ठ सल्लाहकारले राष्ट्रपति पुटिनलाई युद्धमैदानमा सेनाको अवस्था बारे बताउन डराएका खबरमा उल्लेख गरिएको छ । पुटिनले पश्चिमा देशहरूले लगाएको आर्थिक प्रतिबन्धको यकिन जानकारी समेत पूर्ण रूपमा नबुझेको ह्वाइट हाउसको भनाइ छ । पश्चिमा देशका अधिकारीले युद्धको पूर्ण जानकारी पुटिनलाई नदिइएकाले शान्ति वार्ताका प्रयासमा समेत प्रभाव पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

Europass CV in Nepal

Europass CV in Nepal