मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 10 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

‘मैले बनाएको फिल्ममध्ये ए मेरो हजुर ४ उत्कृष्ट फिल्म हो,’ निर्माता थापा

Himali Patrika 1 मिनेट पढाइ

निर्माता सुनिल कुमार थापाले आगामी फिल्म ‘ए मेरो हजुर ४’लाई आफूले निर्माण गरेको फिल्ममध्ये उत्कृष्ट रहेको बताएका छन्। उनले आइतबार हात्तीसारस्थित नेपाल हाउसमा पत्रकारसँगको कुराकानीमा फिल्म उत्कृष्ट बनेको बताएका हुन्।

‘ए मरो हजुर ४ मैले निकै आशा गरिएको फिल्म हो। म घमण्डको साथ भन्छु कि मैले बनाएको फिल्ममध्ये यो सबैभन्दा उत्कृष्ट फिल्म हो। २७ वर्षको अनुभवको हिसाबले यो निकै उत्कृष्ट फिल्म बनेको छ,’ निर्माता सुनिल कुमारले भने, ‘फिल्मको कथा पनि राम्रो छ। अनमोलले पनि ७ वटा फिल्ममा काम गरिसक्यो। आठौं फिल्ममा आइपुग्दा उसले निकै मिहेनत गरेको छ। समग्रमा राम्रो फिल्म बनेको छ।’

त्यस्तै, फिल्मकी निर्देशक झरना थापाले पनि फिल्मको स्क्रिप्टमा निकै मिहेनत गरेको बताइन्। ‘मैले ए मेरो हजुरबाट अभिनय कसरी गर्ने भन्ने कुरा सिकेँ। दर्शकको माया र साथले मैले ए मेरो हजुर २ बाट निर्देशनमा हात हालेँ। ए मेरो हजुर ४ मा कलाकारले पनि राम्रो काम गरेका छन्। र फिल्मको स्क्रिप्ट पनि उत्कृष्ट बनेको छ,’ उनले भनिन्।

झरना थापाले निर्देशन गरेको फिल्ममा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेतको मुख्य भूमिका छ। सुनिल कुमार थापाले निर्माण गरेको फिल्म वैशाख १ गतेबाट प्रदर्शन हुँदैछ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।