चीनले नेपालमा बसेर भारतविरोधी गतिविधि नगरोस : एसडी मुनी

चीनले नेपालमा बसेर भारतविरोधी गतिविधि नगरोस :  एसडी मुनी

काठमाडौं । नेपाल मामिलाका जानकार भारतीय कुटनीतिज्ञ एस.डी. मुनीले वार्ता तथा सम्वादको माध्यमबाट नेपाल र भारतबीचको सिमा विवाद हल गर्ने समझदारी हुनु सकारात्मक कुरा भएको बताएका छन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको समेत प्रतिक्रिया दिए ।

उनले नेपाली कांग्रेस र बिजेपीबीचको सम्बन्ध स्थापित हुनु पनि सकारात्मक भएको बताए । उनले दुई देशबीचको सिमा विवाद समाधान वार्ता तथा सम्वादको माध्यमबाट मात्रै हल गर्ने सहमति हुनु सुखद् पक्ष भएको बताए ।

Europass CV in Nepal

उनले भने,‘सिमा विवाद त राजनीतिकरण गरेर हल हुँदैन नि, सम्वादमार्फत समाधान गर्ने कुरा भयो । यो सकारात्मक कुरा हो ।’

उनले भारतसँगको सिमा विवादको समाधानको लागि नेपालले कुटनीतिक पहलमा जोड दिनुपर्ने सुझाव दिए । उनले भने,‘काठमाडौंका सडकमा भारतविरोधी प्रदर्शन गरेर सिमा विवादको समाधान हुँदैन् ।

वार्ताको माध्यमबाट हल हुन्छ । नेपाल र भारत बसेर यो विषयको हल खोज्नुपर्छ । भारतले बगलादेशसँग सिमा विवाद समाधान गरिसकेको छ ।’

उनले चीनसँग भारतको कुनै दुश्मनी नभएको पनि उल्लेख गरे । उनले चीनले नेपालमा बसेर भारतविरोधी गतिविधि नगरोस भन्ने पनि चाहना व्यक्त गरे । उनले भने,‘चीनबाट नेपालमा बसेर भारतमाथि सुरक्षाको थ्रेट नहोस भन्ने हाम्रो कन्र्सन हो ।

मधेशमा चीन नआओस । अनावश्यक चलखेल नगरोस ।’ उनले नेपालका कम्युनिष्टहरुलाई चीनले मिलाउन भूमिका खेलेको पनि खुलासा गरे ।

उनले भने,‘यसअघि पनि चीनले कम्युनिष्टहरुलाई मिलाएकै हो, फेरि पनि मिलाउनसक्छ। विगतमा पनि ओली र प्रचण्ड मिलेकै हुन् । फेरि पनि नमिल्ने भन्ने छैन् । चिनियाँ राजदूतले घरघरमा गएर मिलाएकै हो ।’

Europass CV in Nepal