नागरिकलाई मुक्का प्रहार गर्ने गाउँपालिका उपाध्यक्ष प्रहरी नियन्त्रणमा

नागरिकलाई मुक्का प्रहार गर्ने गाउँपालिका उपाध्यक्ष प्रहरी नियन्त्रणमा

इलाम । आफूसंग असहमत व्यक्तिलाई हातपात गर्ने फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती (सरु) राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्थानीयलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार आफूविरुद्ध जाहेरी परेपछि उपाध्यक्ष राईले आफैं प्रहरीमा आत्मसमर्पण गरेकी हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको छ।

फाकफोकथुम-१ का कृष्णबहादुर खड्कालाई उपाध्यक्ष राईले चैत १८ गते अध्यक्ष रामकुमार श्रेष्ठको निवासमा पसेर मुक्का प्रहार गरेको आरोप छ। फाकफोकथुम गाउँपालिकामा मौसमी कामदार कोरिया पठाउने विषयमा जनप्रतिनिधि र छनोटमा नपरेका स्थानीय युवाबीच विवाद बढेको थियो।

Europass CV in Nepal

आफूमाथि मादक पदार्थ पिएर अश्लील शब्दसहित गालीगलौज गरेपछि आफूले हात छाड्नुपरेको उपाध्यक्ष राईले बताउँदै आएकी छन्।

फाकफोकथुम गाउँपालिका र दक्षिण कोरियाको इन्जे काउन्टीबीच यहाँबाट मौसमी ट्रेनी कामदार कोरिया लैजाने सहमति भएको थियो। सहमतिअनुसारका कामदार छनोटमा प्रक्रिया नपुगेको भन्दै युवाहरुले विरोध जनाएँदै आएका छन्।

कुटपिटको घटनाको नेपाली कांग्रेसले विरोध गर्दै आएको छ। नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काले विज्ञप्ति जारी गर्दै दोषी उपाध्यक्ष राईलाई कारबाहीको दायरामा ल्याउन माग गरेका थिए।

Europass CV in Nepal