लुम्बिनीमा सत्ता गठवन्धन बैठक : पाँच दल बाहेक अन्य दलसँग तालमेल नगर्ने

लुम्बिनीमा सत्ता गठवन्धन बैठक : पाँच दल बाहेक अन्य दलसँग तालमेल नगर्ने

२८ चैत। बुटवल लुम्बिनी प्रदेश सत्ता गठवन्धन दलहरूले पाँच दल बाहेक अन्य दलहरूसँग तालमेल नगर्ने भएका छन् । आज बुटवलमा बसेकाे सत्ता गठवन्धन पाँच दलको बैठकले आगामी स्थानीय तहको निर्वाचनमा सत्ता गठवन्धनमा रहेका पाँच दल बाहेक अन्य दलहरूसँग तालमेल नगर्ने निर्णय गरेको हो ।

बैठकले चुनावी गठबन्धनका पाँच दलको प्रतिनिधित्व रहने गरी संयुक्त चुनाव प्रचार संयन्त्र गठन गर्ने निर्णय गरेको छ भने
जिल्ला स्तरीय गठबन्धन संयन्त्रको बैठ

कबाट सहमति कायम गरी सोको रिपोर्ट प्रदेशमा पठाउन निर्देशन दिने निर्णय गरेको नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले जानकारी दिए ।
त्यस्तै बैठकले गबन्धन दलको संयुक्त स्थलगत अनुगमन गर्ने निर्णय समेत गरेको छ ।

Europass CV in Nepal

कार्यदलमा नेपाली कांग्रेसका राजु खनाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सुमकान्त न्याैपाने, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अशोक कोइराला, जनता समाजवादी पार्टी अशोकुमार यादव, राष्ट्रिय जनमोर्चाका बोमबहादुर खत्री रहेका छन् ।

विगत ७० वर्षदेखि नेपाली जनताको अनवरत संघर्षबाट प्राप्त उपलब्धी गणतन्त्र प्रतिगमनका कारण धरापमा परिसकेको र प्रतिगमनकारी राजनीतिक संकट अझै समाप्त भई नसकेको भन्दै बैठकले आन्दोलनको उपलब्धी रक्षाका लागि गठबन्धनको आवश्यकता अपरीहार्यता बढ्दै गइहेको गठवन्धनद्वारा जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ ।
परिवर्तनका उपलब्धी र गणतन्त्रको रक्षाका खातिर गठबन्धन दलहरुमाथी अझै बढी जिम्मेवारी थपिएको महसुस गर्दै बैठकले चुनावी गठबन्धन दलहरूमा आवद्ध दलहरू आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।

विज्ञप्तिमा नेपाली कांग्रेस सभापति अमरसिंह पुनमगर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र अध्यक्ष सुदर्शन मराल, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी सचिव राजु गुरुङ, जनता समाजवादी पार्टी अध्यक्ष अशोकुमार यादव,राष्ट्रिय जनमोर्चा नेपाल उपाध्यक्ष बद्रे आलमकाे हस्ताक्षर रहेको छ ।

Europass CV in Nepal