विश्वको उच्चस्थानमा रहेको मानववस्तीमा पुगे प्रचण्ड

विश्वको उच्चस्थानमा रहेको मानववस्तीमा पुगे प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वकै उच्चस्तरमा रहेको छार्का भोट पुग्नुभएको छ । देशभित्रैको परदेशजस्तो रहेको माथिल्लो डोल्पामा कमै नेता जाने गर्दछन् । त्यसमा पनि पूर्वप्रधानमन्त्री र प्रमुख दलका प्रमुख नेताकै रुपमा उपल्लो डोल्पालाई महत्व दिएर त्यहाँ पुगेको प्रचण्ड नै पहिलो नेता भएको स्थानीयले बताए ।

उहाँ एमालेबाट निर्वाचित डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्ष लगायत वडाध्यक्षहरूलाई माओवादी केन्द्रमा प्रवेश गराउने डोल्पा जानुभएको थियो । एमालेको पकेट क्षेत्रजस्तो मानिने डोल्पामा पार्टी विभाजनसँगै सांसदसमेत समाजवादीतिर लागेपछि कार्यकर्ता तरंगित भएका छन् । उनीहरुमध्ये एउटा गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरु नै माओवादी केन्द्रमा प्रवेश गरे ।

२४ कार्तिकमा डोल्पा पुगेका प्रचण्डले चर्चित पर्यटकीयस्थल शे–फोक्सुण्डा तालको पनि अवलोकन गर्नुभएको थियो । उहाँ कार्तिक २५ गते माथिल्लो डोल्पाकै उच्च मानव वस्तीमा स्थानीयबासीसँग भेटघाट गर्नुभयो ।

Europass CV in Nepal

अध्यक्ष प्रचण्डसँगै माओवादी संगठन विभागन प्रमुख एवं अर्थमन्त्री जनार्दन शर्मा, माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज शक्ति बस्नेत लगायतले बुधबार डोल्पाका फोक्सुन्डो ताल लगायत विभिन्न ठाउँको अवलोकन गर्नुभएको थियो ।

कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई गति दिन प्रचण्ड केही दिनयता पर्यटकीय क्षेत्रको भ्रमणमा हुनुहुन्छ । सो अवसरमा प्रचण्डले स्थानीय नेता तथा कार्यकर्ताहरूसँग भेटघाट समेत गर्नुभएको थियो । त्यस्तै उहाँले दुनैमा जिल्लास्तरीय कार्यकर्तालाई पनि सम्बोधन गर्नुभएको थियो ।प्रचण्ड महत्वका साथ विश्वकै अग्लो मानववस्ती रहेको छार्का भोट पुग्नुभएको थियो ।

के हो छार्का भोट ?

माथिल्लो डोल्पाको छार्का गाउँ । भौगोलिक विकटता भए पनि सांस्कृतिक विविधता, प्राकृतिक सुन्दरता, पर्यटनको प्रचुरता र जैविक विविधताले सजिएको भूगोल हो, कर्णाली प्रदेशको डोल्पा ।

फोक्सुण्डो ताल, फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, सुलिगाड झरना, विश्वकै सर्वाधिक उचाईमा रहेको मानवबस्ती छार्का भोट, दुर्लभ काइके भाषामात्र होइन, माथिल्लो डोल्पामा पदयात्राका अनेकौ स्थल छन् ।

शे–फोक्सुण्डो सफा, शान्त र निर्मल पानी, कान्जिरोवा हिमालको काखैमा रहेको छे । झट्ट हेर्दा कहिले गाढा निलो त कहिले फिक्का र हरियो देखिने तालले नलोभ्याउने कुरै छैन । यो ताल नेपालको सबैभन्दा गहिरो ताल हो । यहा“ निस्कने पानी झरनालाई ‘सुलिगाड’ भनिन्छ । जुन झर्नाले शे–फोक्शुण्डो ताल रमणीय बनाइदिएको छ ।

शे–फोक्सुण्डो तालनजिकै रीन्मो गाउँमा पर्यटकका लागि बनाइएको होटल र निकुञ्ज रक्षाका लागि रहेको सेनाको व्यारेकबाहेक कतै बस्ती छैन । ताल यात्रापछि माथिल्लो डोल्पा यात्रा गर्दा ५ हजार ५ सय मिटर उचाई भएका चारवटा पहाड पार गर्नुपर्छ ।

कतिपय पर्यटकलाई अक्सिजन कमी भएर श्वासप्रश्वास क्रियामा समेत अवरोध हुनसक्छ । त्यसैले पदयात्रा गर्दा औषधिलैजाँदा  उचित हुन्छ । माथिल्लो डोल्पा विश्वकै बढी हिमचितुवा पाइने स्थान हो । पैदलयात्रा गर्दा बाटोमा थुपै्र जंगली जनावर भेटिन्छन्् । यात्रामा जाँदा  सकभर समूहमा जानु राम्रो हुन्छ ।

माथिल्लो डोल्पाका तीन गाउँ पालि पर्यटकका लागि ‘भर्जिन’ मानिन्छ । डोल्पा शे–फोक्सुण्डो गाउँपालिका, बुद्धडोल्पो गाउँपालिका र छार्का ताङसोङ गाउँपालिका प्रकृतिसँग रमाउने पर्यटकका लागि ‘भर्जिन’मात्र होइन, भू–स्वर्ग नै मानिन्छ । माथिल्लो डोल्पा जति सुन्दर छ,त्यहाँ पुग्न उत्तिकै कठिन छ । तर, पुगेपछि धर्तीको ‘स्वर्ग’ उपनाम दिन मन लाग्छ ।

माथिल्लो डोल्पामा तिब्बती संस्कृति रहेको छ । जनश्रुतिअनुसार गुरु रिम्पोछेले डोल्पामा बुद्धमार्गीको पवित्र धार्मिकस्थलका रूपमा सिर्जना गरेका थिए । तिब्बतसँग जोडिएको क्षेत्र भएकाले माथिल्लो डोल्पाका अधिकांश बौद्धधर्म मान्दछन् । माथिल्लो डोल्पामा साल्दाङ, मिजेर, तिन्जे, मुकोट, छार्का र धो नामक गाउँ छन् ।

समुन्द्री सतहबाट करिब पाचँ हजार मिटर उचाईमा रहेको छार्का गाउँ विश्वकै अग्लो स्थानको मानवबस्ती मानिएको छ । माथिल्लो डोल्पा साल्दाङमा रहेको यात्सेर गुम्बा नेपालको पुरानो सा“स्कृतिक धरोहरको प्रतीक हो ।

कलाकौशलले भरिपूर्ण यात्सेर गुम्बा निर्माणशैली मौलिक र विशिष्ट छ । पुरातात्विक र ऐतिहासिक महत्वको गुम्बा ८ सय वर्षअघि बौद्ध धर्मगुरु छोग्याल पासाङले निर्माण गराएका थिए । गुम्बाभित्र सातसय वर्षभन्दा पुराना भित्तेचित्र र मूर्ति छन् ।

प्राकृतिक सुन्दरताको हिसाबले रमणीय गन्तव्य हो, माथिल्लो डोल्पाको भूगोल । तर, अहिलेसम्म सडक नभएकोले पर्यटकलाई पैदलयात्रा गर्दा कठिन भने हुन्छ । डोल्पा सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिएको एक वर्षमात्रै भएको छ । तर, पनि भेरी र अन्य दर्जनौं स्थानमा पुल निर्माण हुन नसक्दा गाडी फेर्दै कठिन यात्रा गर्नुपर्दछ भने माथिल्लो डोल्पावासीका लागि सडक सपना बनेको छ । तर, माथिल्लो डोल्पाको आनन्द त्यहाँ पुगेपछिमात्र थाहा हुन्छ । जसको अनुभूति गरेरै सकिदैन ।

माथिल्लो डोल्पा घुमफिर गर्न जाने पर्यटकका लागि जैविक विविधता, प्राकृतिक सौन्दर्य, हिमाली ताल तलैया बौद्धमार्गीको गुम्बा आकर्षकको केन्द्र बिन्दु हो । माथिल्लो डोल्पा पुगिसकेपछि सुन्दर एवं मनमोहक हिमाली गाउँ र विभिन्न जातजातिको संस्कृतिले पनि थप अध्ययनको स्रोत बन्दछ । डोल्पामा विश्वको सातौं अग्लो चुचुरो धौलागिरी, सिस्ने, अपी, सैपाल, कान्दे हिमचुली र तिब्बतको पहाडी दृश्य अवलोकन गर्न सकिन्छ ।

समय बढाउन सके पर्यटकले अध्ययनका लागि काइके भाषा, भर्जिन स्वच्छ शे–फोक्सुन्डो ताल र फोक्सुन्डो फल्स, भोट क्षेत्रमा तिब्बती संस्कृति, मगर संस्कृति अर्थात् तराली संस्कृति, संसारको सबैभन्दा उच्चमानव बस्ती धो, चर्का, बहुपति प्रथा, चाँदीझै चम्किरहेका हिमपहाड, तिब्बती चिकित्सा प्रणाली अम्ची, बौद्धधर्म र बोन धर्म गुम्बा छायाडुल गोम्पा अर्थात् छायाडुल, तानसा गोम्पा गुम्बातारा, तार्ची पाल्दी अर्थात ताछिन गाउँ फरक पर्दैन ।

त्यस्तै, फिक्का, गोम्पा छार्का, सिपच्योक गोम्पा धो, गोम्पा अर्थात् भिजर, नामगोंग गोम्पा साल्दाबलनग, यांग्जेर गोम्पा कोमाश, गोम्पा रिग्मीबाहेक छार्का ताङसोङ गाउँपालिकाको सम्पूर्ण क्षेत्र घुमफिर गर्न सक्छौं ।

माथिल्लो डोल्पामा पद यात्राका लागि तल्लो डोल्पा अर्थात् फोक्सुण्डो ताल पदयात्रा, माथिल्लो डोल्पाको शे–गुम्बा र विश्वकै उच्चस्थानमा रहेको मानवबस्ती छार्का र डोल्पा–मुस्ताङ पदयात्रासमेत गर्न सकिने तीन वटा पदमार्ग छन्् । डोल्पाबाट काञ्जीरोवा, पुथा, धौलागिरि दोस्रोलगायत हिमाल अवलोकन गर्न सकिन्छ । नेपालमा डोल्पा बौद्ध गुम्बा धेरै भएको जिल्ला हो । यहा“ बौद्धदर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिमा १ सय ७ गुम्बा दर्ता भएका छन् ।

बिहानीपख हिमाली शृंखला अवलोकन गर्दा सुनको रंगमा हिमाल टल्किन्छ । त्यो बेला हिमालको दृश्य शायदै संसारमा अरु कुनै हुन्न होला । बिहान सुनको, दिउँसो चाँदीको र सूर्यास्तका बेला तामाको हुनु हिमालको विशेषता भएको हो ।

बेस क्याम्पमा पाल टाँगेर सुतेका बेला मध्यरातमा तोप पडकाएको वा गोलाबारीजस्तो ठूलो आवाज सुन्न पाइन्छ । तर, यो विस्फोट र गोलाबारीको आवाज कुनै विद्रोहीले निकालेको भने होइन । हिउँको पहिरो जाँदा हिमाल माथिल्लो भागबाट हिउँको ठूलो ढिस्को खस्छ र ठूलो आवाज र धुँवाको मुस्लो निकाल्दै झर्छ । त्यो बेला यस्तो आवाज सुनिन्छ । नयाँ पर्यटकका लागि यो आश्चर्यको कुरा पनि हुनसक्छ ।

क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पाको स्थानीय नाम ‘त्होल्भो’बाट अपभ्रंश भएर डोल्पो हुँदै डोल्पा भएको हो । छार्कामा ७० देखि ८० घर परिवार बसोबास गर्दछन् । छार्कामा याकचौरी र भेडाच्याङ्ग्रा नपालको घरै हु“दैन । छार्काबासीको मुख्य आम्दानी स्रोत भनेकै पशुपालन हो । किनकि यहाँ उब्जिएको अन्नले चार महिना पनि पुग्दैन ।

छार्का भौगोलिक हिसाबले मात्र विकट हो, प्रकृतिको धनी छ । माथिल्लो डोल्पाका केही गाउँपालिकामा बहुपति प्रथा तथा अर्थात् पाण्डु प्रथा अझै कायमै छ । बहुपति प्रथा’bout धेरै पर्यटक अध्ययन गर्दछन् । तिब्बती संस्कारका रूपमा रहेको माथिल्लो डोल्पाका विभिन्न वस्तीमा अझै बहुपति प्रथा कायमै छ ।

माथिल्लो डोल्पाको डोल्पो बुद्ध गाउँपालिका, शे–फोक्सुण्डो र छार्कातांसोङ गाउँपालिकाका केही परिवारमा अझै बहुपति प्रथामै रहेको छ । यो प्रथामा रहेका सबै भाइ सँगै हुँदैनन् । सँगै भइहाले पनि महिला विवेक पु¥याउने र न्यायपूर्ण तरिकाले परिवार सञ्चालन गर्ने गर्छन् ।

बहुपति प्रथा भनेको पाँच पाण्डवकी एउटी श्रीमती भएजस्तै घरमा जेठो दाजुले विवाह गरी ल्याएपछि सबै भाइले तिनै दाजुको श्रीमतीलाई आफ्नी श्रीमती मान्ने प्रथा हो । बहुपतिप्रथामा महिलाले नै श्रीमानहरूलाई काम बाँडफाँड गर्छन् । काम बाँडफाँडअनुसार कुन समयमा कोसँग आफू बस्ने भन्ने निर्णय पनि उनीहरू आफैं गर्छन् ।

Prachanda reaches Nepals highest chharka village dolpa

सन्तान जन्माएपछि कुन भाइको हो भन्ने पनि महिलाले बताउछन् । यस्तो परम्परा तोडेर जाने संस्कृति र परमपराविरोधी मानिने र गाउँबाटै बहिस्कृत हुनेहुँदा बाध्यताले पनि समुदायमा बहुपति प्रथा चलन रह“दै आएको छ । बहुपतिप्रथामा सबै दाजुभाइले एउटै श्रीमती विवाह गरे पनि जेठो दाजुबाहेक अन्य भाइले आफ्नो श्रीमतीलाई ‘भाउजु’ भन्ने चलन छ । तर, भाउजुले भने देवरहरूलाई श्रीमानकै रूपमा स्वीकार गर्नुपर्ने हुन्छ ।

माथिल्लो डोल्पा पुगेपछि पर्यटक सबैभन्दा अग्लो स्थानमा रहेको मानवबस्ती धो तराप पुग्न चाहन्छन् । धो तराप चार हजार मिटरमाथिको सुन्दर उपत्यका हो । विकासको मुख्य पूर्वाधार मानिने सडक अझै धो तरापका बासिन्दालाई सपना बनेको छ । यहा“का बासिन्दा याक, चौंरी, भेंडा, घोडापालन तथा यार्चागुम्बु बिक्री गरी आवश्यक खाद्यान्नका लागि तिब्बती नाका मरिम ला र क्याटोमा जानु पर्दछ ।

विशाल हिमशृंखलाले घेरिएको धो तराप विश्वकै पाँचौं उच्च भागको बस्ती हो । उपत्यकामा हजारौं वर्ष पुराना गुम्बा छन् । शे, साम्लिङ बोन, याङजेर, झ्याम्बा गुम्बा यस क्षेत्रका पुराना गुम्बा हुन । यहा“ छुट्टै भेषभूषा, भाषा, कला, संस्कृति, जीवनशैली पर्यटकको लागि मुख्य आकर्षण बन्दछ । तिब्बती संस्कारबाट अघि बढिरहेको यो क्षेत्र पर्यटकको मुख्य केन्द्र हो ।

डोल्पो बुद्ध गाउँपालिका सीमाबाट तिब्बत मरिम ला र शे–फोक्सुन्डो गाउँपालिकाको साल्दाङसँग तिब्बतको क्याटो जोडिन्छ । यी दुई नाका माथिल्लो डोल्पाका लागि खाद्यान्न र अन्य चिजबिज खरिदका लागि हुने गर्दछ । अहिले मरिम लासम्मै मोटरसाइकलमा आउजाउ गर्न सकिन्छ । तिब्बत नाकामा प्रत्येक वर्ष अगस्टमा १५ दिन बजारसमेत लाग्छ । अहिले शे–फोक्सुन्डो गाउँपालिकाको साल्दाङबाट धो–छार्का हुँदै मुस्ताङ जोमसोमसम्म सडक जोड्न लागेको छ ।

अहिले पनि माथिल्लो डोल्पाबासी छार्का हुँदै मुस्ताङको कागबेनी आउजाउ गर्छन । माथिल्लो डोल्पालीलाई सदरमुकाम दुनै झर्नभन्दा मुस्ताङ जान सहज हुन्छ । मुस्ताङको साङता हुँदै माथिल्लो डोल्पाको छार्कालाई सडकले जोडन मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–५ मा पर्ने साङता गाउँको एक्लेभट्टीदेखि४६ किलोमिटर सडकको ट्र¥याक खुलिसकेको छ ।

Europass CV in Nepal